१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
ज्याकोब सोल
२०७९ असोज ९ आइतबार १०:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुँजीवाद र बेलायतकी महारानी 

वास्तवमा अर्थशास्त्री एडम स्मिथले वर्णन गरेको ‘निष्पक्ष पर्यवेक्षक’ समकालीन बेलायती अर्थ–राजनीतिमा महारानीले खेलेको भूमिकामा झल्किन्छ 

Read Time : > 2 मिनेट
ज्याकोब सोल
२०७९ असोज ९ आइतबार १०:३३:००

अर्थशास्त्रका पिता र पुँजीवादका प्रमुख दार्शनिक मानिने एडम स्मिथ जन्मको तीनसयौँ वार्षिकोत्सव महारानी एलिजाबेथ द्वितीयको निधन भएको वर्षमा पर्न गएको छ । यो परिघटना सन् २०२२ का ऐतिहासिक घटनाक्रमको एक सामान्य हिस्साजस्तो लाग्न सक्छ । मानिसमाझ यी दुई प्रसिद्ध बेलायती व्यक्तित्वबीच खासै समानता छैन भन्ने लाग्न सक्छ । केही दशकअगाडि फर्केर हेर्ने हो भने एडम स्मिथ प्रायः मार्गरेट थ्याचरसँग जोडिएका हुन्थे । यहाँसम्म कि थ्याचरले आफ्नो ह्यान्डब्यागमा स्मिथको प्रसिद्ध पुस्तक द वेल्थ अफ नेसन्सको प्रतिलिपि राख्ने गरेकी थिइन् भन्ने चर्चा चल्थ्यो । यद्यपि, स्मिथ थ्याचरका तुलनामा मानवतावादी थिए । बरु स्मिथ र दिवंगत महारानीबीच सन्तुष्ट, शान्त, समृद्ध र परोपकारी समाजका लागि संयमतावादी (स्टोइसिज्म) मूल्य आवश्यक हुन्छ भन्ने समान मान्यता देखिन्थ्यो । 

संयमतावादी मोडेलमा आधारित कर्तव्यलाई सराहना गर्ने स्मिथको रूपलाई कहिल्यै पनि खुला बजार अर्थशास्त्रीले प्रतिबिम्बित गरेनन् । स्मिथको यो व्यक्तित्वले एलिजाबेथ द्वितीयलाई संयमतावादी मोडेलमा आधारित कर्तव्य मान्ने व्यक्तिका रूपमा वर्णन गथ्र्याे होला । स्मिथले लोभ–लालच रुचाएनन्, निजी कम्पनीलाई विश्वास गरेनन् । स्मिथ आफ्ना मान्यता राज्यको सेवामा लाग्ने कृषक भूमिपति वर्गमा निहित रहेको विश्वास गर्थे । उनका अनुसार यो विचारमा आधारित प्रणाली राजनीतिक स्वतन्त्रता र खुला बजार दुवैलाई कायम राख्ने खालको थियो ।

दिवंगत बेलायती महरानीको प्रशंसा कसैले गरोस् वा नगरोस्, उनले मुलुकको जीवनको लय र राज्यप्रतिको कर्तव्यलाई अगाध प्रेम गरेकी थिइन् भन्ने तथ्यलाई अस्वीकार गर्न मिल्दैन । उनले आफूलाई बेलायती समाजलाई एकताबद्ध गर्ने सल्लाहकारका रूपमा हेरिन्, नतिजा उनको कार्यकालमा बेलायतमा बजार खुला एवं सुचारु रहिरह्यो । 

शास्त्रीय दर्शनको अध्ययन गर्ने जोकोहीले पनि स्मिथमा रोमन सिनेटर एवं दार्शनिक माक्र्स टुलियस सिसेरोको प्रभाव थियो भनेर बताउन सक्छन् । सिसेरो कुलीन भूमि व्यवस्थापन, नैतिक दर्शन, स्वार्थरहित मित्रता र राज्यप्रतिको सेवामा चासो राख्थे । नैतिक दर्शनका प्राध्यापक रहेका स्मिथ सिसेरोको नैतिक दर्शनलाई आफ्ना सबै लेख र प्राध्यापनमा समावेश गर्थे । स्मिथका महान् रचना थ्योरी अफ मोरल सेन्टिमेन्ट्स एन्ड द वेल्थ नेसन्समा उनले सिसेरोको दर्शनलाई समावेश गरेका थिए ।

स्मिथ एक प्रतिबद्ध संयमतावादी थिए र लोभ–लालचलाई उनी रुचाउँदैनथे । रोमन संयमतावादी दर्शनको लक्ष्य व्यक्तिगत नैतिक अनुशासन प्रयोग गरेर कानुन एवं संविधानको शासनलाई कायम राखी समाजमा सुधार ल्याउनु थियो । स्मिथ अनुशासित एवं नैतिक नेतृत्वले एक स्वार्थरहित निर्णयबाट स्वतन्त्र बजार सुनिश्चित गर्नेछ भन्ने विश्वास गर्थे । वास्तवमा उनले वर्णन गरेको ‘निष्पक्ष पर्यवेक्षक’ समकालीन बेलायती अर्थ–राजनीतिमा महारानीले खेलेको भूमिकामा झल्किन्छ । 

माक्र्स ओरेलियस र एपिक्टेटसको संयमतावादी दर्शनका आधारमा स्मिथले नागरिक स्थायित्व र खुला बजारको अवधारणा निर्माण विश्वलाई अरूको दृष्टिकोणबाट हेरेर गरेका थिए । मानिसका गल्तीलाई औँल्याएर एक व्यक्ति ‘निष्पक्ष पर्यवेक्षक’ तब बन्न सक्छ, जब उसले समाजका सदस्यलाई ‘आक्रोश रोक्न’ र ‘आफ्ना गल्ती सुधार्न’ मद्दत गर्न सक्छ । एक आदर्श संयमतावादी नेता आफ्नो व्यक्तिगत, सामाजिक एवं व्यापारिक जीवनमा ‘अनुकम्पापूर्ण’ निर्णय लिन्छ र महारानी शासनकालमा यो आदर्श संयमता देख्न सकिन्थ्यो ।  

स्मिथले निष्पक्ष पर्यवेक्षकले दया एवं सामाजिक योगदानको प्रभावी फैलावट सिर्जना गरेर अरूका लागि उदाहरण निर्माण गर्छन् । उनले आफ्नो सन् १७७३ मा लेखेको ‘खगोल विज्ञानको इतिहास’मा परोपकारको व्यक्तिगत छनोटले न्यूटनको ग्रह प्रणालीलाई प्रतिबिम्बित गर्छ अर्थात् गृहलाई गुरुत्वाकर्षणले झैँ समाजलाई ‘अदृश्य हात’ले सन्तुलनमा राख्छ । स्मिथका अनुसार वाणिज्यले पनि यसैगरी काम गर्नुपर्छ र ‘राष्ट्र र व्यक्तिबीच भाइचारा एवं सद्भावनाको बन्धन बनाइरख्नुपर्छ ।’ स्मिथ निःसन्देह एक सम्भ्रान्त संवैधानिक राजतन्त्रवादी थिए । उनले सिसेरो रजोन लकले भनेझैँ आदर्श शासक विनम्र एवं दयालु हुनुपर्छ भन्ने मान्यता राख्थे । स्मिथ शासकमा नागरिक कानून एवं संविधानको रक्षा गर्न आवश्यक आत्म–नियन्त्रणका साथै विभिन्न संस्थाका सुरक्षा र सामाजिक प्रगतिको प्रवद्र्धन गर्ने दोहोरो लक्ष्य हुनुपर्छ भन्ने धारणा पनि राख्थे । स्मिथ लोभी व्यापारीले ‘अनौठो मूर्खता’ प्रदर्शन गर्दै ‘सार्वभौम राज्यलाई आफ्नो व्यापारिक हितका लागि केवल परिशिष्टका रूपमा’ ग्रहण गरेको भन्दै दुःख व्यक्त गरेका थिए । उनले मुलुकको निष्पक्ष ढंगले सेवा गर्नु राजनीतिक नैतिकता एवं संवैधानिक राजतन्त्रको उद्देश्य रहेको बताएका थिए ।

राजतन्त्रलाई विभिन्न ढंगले आलोचना गर्न सकिन्छ । यद्यपि महारानी एलिजाबेथले आफूलाई स्मिथपथमा लगिन् र डटेर कर्तव्य निभाइन् एवं जनचाहनालाई स्वार्थरहित भएर सम्बोधन गरिन् भन्ने तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन । उनको शासन अराजकताभन्दा माथि उठ्यो र त्यसले मानिसलाई करुणा एवं अन्य संयमतावादी गुण अभ्यास गर्न प्रेरित ग¥यो । स्मिथ पढ्दा स्वार्थी लाभबाट उत्प्रेरित हुनुको साटो एलिजाबेथ द्वितीयलाई उदाहरणको रूपमा स्थापित गर्नु बुद्धिमानी हुनेछ । संयमतावादको सिद्धान्त पुरानै भए पनि यो सिद्धान्त आज पनि मानिसमाझ प्रतिध्वनित हुन्छ । यसलाई महारानीको निधनमा बेलायतीजनले व्यक्त गरेको प्रतिक्रियाले प्रमाणित गर्छ ।

(सोल साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका दर्शन, इतिहास र लेखा विषयका प्राध्यापक हुन्)