१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनलाई गुरुराजको चेतावनी- बालुवाटार बसेर टाउको गन्दैमा मागे जति सिट पाइँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १७:१८:oo

कांग्रेस संस्थापन इतरसमूहका नेता गुरुराज घिमिरेले कांग्रेस आन्तरिक रूपमा एक नभएको अवस्थामा कांग्रेसको बलमा निर्वाचनमा परिणाम ल्याउन नसक्ने चेतावनी दिएका छन्। 

थापागाउँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा र कांग्रेसबाट बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन क्षेत्र जित्ने ग्यारेन्टी नहुने बताएका हुन्। 

‘गठबन्धनका अरू नेतालाई पनि केही कुरा भन्नु छ। नेपाली कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा र कांग्रेसबाट बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन क्षेत्र जित्ने ग्यारेन्टी तपाईंहरूसँग छैन। हेक्का राख्नोस् बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, आफ्नो सन्देश पठाउँदैमा र घन्टाैँ घण्टा बस्दैमा निर्वाचनमा मागे जति सिट पनि पाइँदैन र पाए जति सिट जितिँदैन,’ उनले भने, ‘नेपाली कांग्रेसको आन्तरिक आयाम नमिलीकन तपाईंहरूले टाउको जोडेर परिणाम प्राप्त गर्छु भनेर सोच्नुभएको छ भने सबैभन्दा पहिला त्यहाँ होस पुर्‍याउनुहोस्।’

उनले सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नाम नै लिएर यसमा सचेत रहन आग्रह गरे।