मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्तित्व रक्षाकै लागि केही दल कांग्रेसको पुच्छर बनेका छन् : सचिव रायमाझी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै भिड्ने हैसियत कुनै दलसँग नभएको टिप्पणी गरेका छन्।

माओवादी र एकीकृत समाजवादीतर्फ इंगित गर्दै उनले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर अस्तित्व रक्षा गर्न खोजेको आराेप लगाए। एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको उनको दाबी छ। ‘आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरु गठबन्धन आवश्यक्ता हो भनेर कांग्रेसको पुच्छर बनिरहेका छन्। गठबन्धन गरेपनि उनीहरुलाई सजिलो छैन। एउटा पार्टीभित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भइरहेको छ भने उनीहरुलाई झन् गाह्रो हुनेछ,’ उनले भने।

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेको आरोप लगाउँदै आगामी निर्वाचनमा उनीहरुलाई परास्त गर्नुको विकल्प नभएको बताए।