१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
भोजराज भण्डारी काठमाडाैं
Invalid date format o८:४१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा झन्डै ४ प्रतिशत घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४१:oo

सेयर बजार झनै ओरालोतिर झरेको छ । लगानीकर्ताले बजार घटेसँगै ‘प्यानिक सेल’ बढाएका छन् । बैंक ब्याजदरको प्रभाव तथा नजिकिँदै गरेको चाडपर्वमा खर्चको जोहो जुटाउनुपर्दा सेयर बजारमा विक्रेताको चाप देखिएको छ । आइतबारदेखि बिहीबारसम्म चार दिन खुलेको बजार तीन दिन नकारात्मक रह्यो भने बुधबार झिनो अंकले बढेको थियो ।

बजार २२ महिनायताकै न्यूनतम बिन्दुमा आएपछि सेयर किन्ने भन्दा पनि भएको सेयर पनि बेचेर बाहिरिनेको संख्या ठूलो देखिएको छ । लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘बजार घटेका वेला सेयर किन्ने उपयुक्त समय भए पनि बैंकमा देखिएको आकर्षक ब्याजदरका कारण पैसाको जोहो गर्न लगानीकर्ता हतारिएका छन्, त्यसले विक्रेताको चाप हुँदा बजार घटेको हो ।’

सेयर बजार २२ महिनायताकै न्यूनतम बिन्दुमा आएपछि लगानीकर्तामा उत्साह घटेको छ । दसैँको मुखमा सेयर बजार घट्दा लगानीकर्ता निराश छन् । अर्कोतर्फ घटिरहेको बजारले लगानीकर्तालाई उत्साहित गराउने सूचना खोजिरहेका वेला बैंकको ब्याजदर बढ्ने हल्लासँगै साताभरि त्यसको प्रभाव कायमै रहन पुग्यो ।सातामा नेप्से परिसूचक ७१ दशमलव ४२ अंकले घटेको छ । चार दिन भएको कारोबारमा नेप्से ३ दशमलव ७७ प्रतिशतले घटेको छ । अघिल्लो हप्ता एक दशमलव ४१ प्रतिशतले घटेको थियो । यस हप्तामा चार अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ भने दैनिक औसत कारोबार एक अर्ब रुपैयाँ मात्र हुन सकेको छ । अघिल्लो हप्ता करिब सात अर्ब रुपैयाँको कारोबार भएकोमा यो हप्ता ३९ दशमलव ७९ प्रतिशतले कारोबार रकम घटेको छ । 

यस हप्ता सबैभन्दा न्यूनतम बिन्दु एक हजार आठ सय ३३ दशमलव ७७ रहेको थियो भने उच्चतम बिन्दु एक हजार नौ सय १० दशमलव ९० रहेको छ । यसबीचमा ७७ दशमलव १९ अंकको फरक देखिएको छ । यस हप्ता फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको सूचक ६ दशमलव ७३ प्रतिशतले घटेको छ । त्यसैगरी, फाइनान्स समूहको सूचक ६ दशमलव ४५ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूहको पाँच दशमलव २७ प्रतिशतले घटेको छ ।