
फिलिपिन्समा शुक्रबार दुई हजार तीन सय ७८ जनामा नयाँ कोभिड- १९ संक्रमण पुष्टि भएको छ। योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको संख्या ३९ लाख ३२ हजार एक सय ५५ पुगेको छ।
यहाँको स्वास्थ्य विभागका अनुसार सक्रिय संक्रमितको संख्या ३० हजार ५६ पुगेको छ। यसैबीच ३५ जना संक्रमितको कोभिड- १९ को जटिलताबाट मृत्यु भएको छ। यससँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६२ हजार सात सय ३० पुगेको छ।