१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस तुलसीपुर
२o८१ जेठ १ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टेन्डर नपरेपछि चामल ढुवानी भएन

Read Time : < 1 मिनेट
रासस, तुलसीपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३५:oo

टेन्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन। दसैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर, कसैले टेन्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।

पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो। ‘पुनः टेन्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दै छौँ,’ उनले भने।

पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ। अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ। टेन्डर नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुम पूर्व र रुकुम पश्चिममा चामल पठाएको छ। ढुवानी रकम महँगो भएकाले पनि टेन्डर हाल्न नमानेको हुन सक्ने उनले बताए। ‘अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन,’ सुनारले भने।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ। चामलमा प्रतिकिलो रु. सातका दरले छुट दिएको उनले बताए। बासमती चामलको मूल्य प्रतिकिलो रु. एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु. ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ।

दाङमा धान प्रसस्त फल्छ। सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ। अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ। खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उनको भनाइ छ। तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ।

ad
ad