Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वीर अस्पतालपरिसरमा रहेको अवैध टहरा हटाउँदै महानगर टोली । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरले वीर अस्पतालपरिसरका अनधिकृत संरचनामा डोजर चलायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार ०७:०५:००

काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पतालपरिसरमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ । ती संरचनामा औषधि पसलहरू सञ्चालन भइरहेका थिए । महानगरका अनुसार ती संरचनाको नक्सा नभई उक्त ठाउँमा फूलबारी बनाउने उल्लेख थियो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बुधबार पसल खाली गर्न माइकिङ गरेर २४ घन्टा समय दिएको थियो । सोहीअनुसार बिहीबार डोजर चलाइएको हो । उक्त संरचनामा पुनः पसल राख्न नमिल्ने गरी महानगरले डोजर चलाएको हो ।

अस्पताल क्षेत्रका औषधि पसलमा डोजर लगाएपछि औषधि अभाव हुन सक्ने जिज्ञासामा प्रवक्ता मानन्धरले भने, ‘वीर अस्पतालकै फार्मेसी छ । जसले बिरामीलाई औषधि अभाव गराउँदैन । यसैले यस्ता भ्राममा नपरौँ ।’ महानगरले ७ भदौदेखि अनधिकृत संरचनामा डोजर लगाउने अभियान निरन्तर चलाइरहेको छ । महानगरले ७ भदौ नयाँ बानेश्वर क्षेत्रका भवनको ‘अन्डरग्राउन्ड पार्किङ’का पसल हटाएर अभियान थालेको थियो भने ८ भदौमा काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्सअगाडिको अनधिकृत संरचना हटाएको थियो । 

त्रिवि शिक्षण अस्पतालबाहिरका फार्मेसी पनि हटाइने 
त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाहिर रहेको अनधिकृत फार्मेसी पनि काठमाडौं महानगरले भत्काउने भएको छ । महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापाका अनुसार त्यसमध्ये एउटा फार्मेसी मंगलबार भत्काइएको छ । अन्य फार्मेसीको पनि कम्पनी दर्ता र फुटपाथ ओगटेको वा नओगटेकोबारे अध्ययन भइरहेको वडाध्यक्ष थापाले जानकारी दिए ।

‘त्रित्रि शिक्षण अस्पतालबाहिर पनि अव्यवस्थित फार्मेसी छन्, एउटा त हामीले हटाइसकेका छौँ, अन्यको पनि प्रमाण माग गरेका छौँ,’ उनले भने, ‘अस्पतालभित्रै फार्मेसी हुँदाहुँदा फुटपाथ र सडक ओगटेर बनेका फार्मेसी हामीले हटाउँछौँ ।’ त्रिवि शिक्षण अस्पतालभित्र १० वटा फार्मेसी छन् । त्यसमध्ये अस्पतालतले सञ्चालन गरेका तीनवटा फार्मेसी छन् । बिरामी र अस्पतालको संरचना हेरेर यो संख्या पुग्दो मानिन्छ । तर, अस्पतालबाहिरका फार्मेसीले अस्पतालको हाताभित्रकाले भन्दा महँगोमा औषधि बिक्री गर्ने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम थापाले जानकारी दिए ।