मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक भएको छ। पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री भएका थापाको राजनीतिक दस्ताबेज समेटिएको आत्मकथाको दरबारमार्गमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो। 

विमोचन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायतको उपस्थिति थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गरे।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए। उनले थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे। 

‘उहाँ नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो। उहाँको जीवनकालमा मुलुकमा धेरै सकारात्मक कामहरू भए। मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रहसमेत उहाँकै कार्यकालमा भएको थियो,’ उनले भने, ‘नेपाली राजनीतिका विभिन्न आरोह-अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरूका लागि यादगार कृति हुने विश्वास लिएको छु।’