मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोपालदास पत्रकारिता पुरस्कार थापा र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार विद्राेहीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

यस वर्षको  प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पाएका छन्। पत्रकारिता  ३० वर्षदेखि सक्रिय पत्रकार थापाले पाएको पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ छ। 

काउन्सिलको ५३औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पुरस्कार दिएकी हुन्। काउन्सिलकै अर्का सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार भने झापाका अग्रज पत्रकार माधव विद्रोहीले पाएका छन्। 

पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ छ। शीतलनिवास्थित राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। पुरस्कृत थापा संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युतलगायतका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका  छन्। उनी कान्तिपुर दैनिकको पूर्वसम्पादक, अन्नपूर्ण पोस्ट दैनिकको पूर्वसम्पादक र हाल ई–कागज अनलाइनको प्रधानसम्पादक छन्। 

उनी  भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसंगति, दलीय द्वन्द्व, रजगज, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रजस्ता पुस्तकका लेखकसमेत हुन्।   
    
त्यसैगरी, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र वीरगन्जको आवाज एफएमलाई प्रदान गरिएको छ। यस वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकारहरू सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाएका छन्। 

भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी, क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी, एकराज पाठक, मनोज जोशी, सुरेश धामी, विमल योगी (विनोद), श्यामनाथ कुँवर, भूपराज खड्का, पुस्कर बुढाथोकी र कृष्ण केसीले पाएका छन्।  

त्यस्तै, युवा पत्रकारिता पुरस्कारबाट प्रदीप परियार, रवीन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे,  केशर रोका, मकर श्रेष्ठ, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी र हिमा चेम्जोङ पुरस्कृत भएका छन्।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी र शारदा गैरेले पाएका छन्। समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर (कमल) राना र सिराज खानलाई दिएका छन्।

विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ, र जीवन पराजुलीलाई पाएका छन्। त्यस्तै, प्रेस काउन्सिल नेपाल वर्ष कर्मचारी पुरस्कारबाट वितरण सम्परीक्षक अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिएको छ। 

कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई दिइएको छ। यस वर्ष २० वर्ष सेवाअवधि पूरा गर्नुभएका हलुका सवारीचालक देवीबहादुर रानालाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको छ।