मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई शेर्पाको चेतावनी- राष्ट्रिय झन्डाको दुरुपयोग गर्न बन्द गरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले नेकपा एमालेलाई राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न चेतावनी दिएका छन्। 

नागरिकता विधेयकमा राष्ट्रपतिको कदमविरुद्ध संयुक्त विधार्थी संगठनको विरोधसभालाई सम्बोधन गर्दै शेर्पाले यस्तो चेतावनी दिएका हुन्। 

‘आफ्नो पार्टीको मार्केटिङको झन्डा बिक्न छाडेपछि केही दिनदेखि एमालेले नाटक गरिरहेको छ,’ उनले भने, ‘आज एमाले पार्टीले आफ्नो झन्डा लुकाएर राष्ट्रिय झन्डाको दुरुपयोग गरिरेहको छ। खबरदार म चेतावनी दिन चाहन्छु राष्ट्रिय झन्डाको दुरुपयोग र अपमान गर्न बन्द गरियोस्।’

कार्यक्रममा संविधानको संरक्षण सबैको दायित्व भएको बताउँदै उनले राष्ट्रपतिको कदमविरुद्ध सर्बैलाई एक भएर सडकमा उत्रन आग्रह गरे।