मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुसहर बस्ती निर्माणका लागि सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

सिराहाको लहान नगरपालिका– १५ मेनहर्वा गाउँका ३८ मुसहर परिवारका लागि घर निर्माण हुने भएको छ। नगरपालिका, ह्याविट्याट फर हुम्यानिटी र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा स्थानीय विपन्न मुसहरहरूको घर निर्माण गर्न लागिएको हो।

घर निर्माणका लागि नगरको तर्फबाट मेयर महेशप्रसाद चौधरीले बुधबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरे। नगरले चालू आर्थिक वर्ष ०७९-८० मा नगर क्षेत्रका गरिब, विपन्न, असहायको घर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ। ‘साझेदारीअन्तर्गत नपुग रकम सोही बजेटबाट थप गरिनेछ,’ मेयर चौधरीले भने।

सम्झौताअनुसार हिल्टी फाउन्डेसनको आर्थिक सहयोगमा ह्याविट्याट फर हुम्यानिटीले  केन्द्रमार्फत दुई कोठा, शौचालय, भान्सासहितको निर्मलीकरण गरिएको बाँस, फलामे छड, सिमेन्ट, इँटाको घर निर्माण गर्ने निवर्तमान अध्यक्ष दीपेशकुमार चौधरीले जानकारी दिए। उनका अनुसार आगामी ४ मंसिरमा हुने निर्वाचनलगत्तै घर निर्माण थालेर चालू आवको असार मसान्तसम्म स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरिनेछ।

‘प्रतिपरिवारलाई सात धुर जग्गामा स्टिमेटअनुसारको घर निर्माण गर्छौं,’ उनले भने, ‘घरको नक्सा नगरपालिका, केन्द्र र ह्याविट्याटसम्बद्ध प्राविधिकले बनाउनेछन्।’