१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकर पोखरेलको प्रश्न- विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकताका विषयमा एमालेको स्पष्ट घारणा रहेको दाबी गरेका छन्।

बिहीबार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गरे। 

पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरूले नै अवरोध गरेको उल्लेख गरे। 

‘अहिलेको बहसको विषय भनेको वैवाहिक अंगीकृतको विषय हो। अंगीकृत नागरिकताको विषयमा नेपाली चेलीहरू भारतमा गएर जति वर्ष नागरिकता पाउन समय कुर्नुपर्छ नेपालमा आउनेहरूले पनि केही समय कुर्नुपर्छ,’ उनले भने, ‘नेपाली चेलीहरूको हकको विषयमा बोल्न सक्नुपर्छ सत्तागठबन्धन। आफ्ना चेलीहरूको हकको विषयमा बोल्न नसक्ने गठबन्धन बाहिरबाट आउनेहरूको विषयमा बहस गर्छ। विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’
 
उनले पाँचदलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाए। पाँचदलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको उनकाे भनाइ छ। 

‘सत्तागठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रूपमा हेरेको छ। नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ। नेपाली नागरिकले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रपतिको नागरिकताजस्तो संवेदनशील विषयलाई समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने सन्देशको उपेक्षा गर्ने सरकारले गणतन्त्रमाथि प्रहार गरेको थियो। गणतन्त्रको प्रतीक भनेको राष्ट्रपति हो। राष्ट्रपतिका सन्देशहरूलाई उपेक्षा गर्ने पाँचदलीय गठबन्धनले राष्ट्रको हितको नेतृत्व गर्न सक्दैन भन्ने कुरा बुझ्न जरुरी छ।’

उनले गठबन्धनले  नागरिकताको विषयलाई षड्यन्त्रका रूपमा एमालेविरुद्धमा प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाए।
 
महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकताजस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए।