Skip This
एलजी टिभी नेपालमै एसेम्बल हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजी टिभी नेपालमै एसेम्बल हुने

सिजी ग्रुपसँगको सहकार्यमा प्लान्ट उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१७:oo

सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)को सहकार्यमा एलजी टिभी नेपालमै एसेम्बल हुने भएको छ । एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले काठमाडौंको सतुंगलमा एसेम्ब्ली प्लान्टको उद्घाटन गरेसँगै नेपालमा एसेम्बल हुने निश्चित भएको हो । नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको जनाइएको छ । उद्घाटनपछि एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक चुनले विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादन नेपालमा पनि उल्लेख्य मात्रामा रुचाइएको बताए । उनले भने, ‘चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्षदेखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रामक रूपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।

प्राकृतिक सौन्दर्यको धनी देश नेपालका नागरिकका लागि नयाँ एसेम्ब्ली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा नयाँ अवसर सिर्जना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादन बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिइएको छ ।’ चुनले मीनभवन, काठमाडौंमा रहेको एलजी सपको पनि भ्रमण गरी ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता सोरुम नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरेको जनाइएको छ । हाल नेपालमा एलजीका आठवटा सोरुम रहेको कम्पनीले जनाएको छ । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आबद्ध​ हुन पाउँदा गौरवान्वित भएको बताए । एलजी इलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्ने उनको भनाइ थियो । उनले भने, ‘यस नयाँ आयामको फलस्वरूप​ नेपालमा रोजगारीका अवसर पनि सिर्जना हुने र नेपाली ग्राहकले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरण अझ सुपथ मूल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।’

एलजी सिंगापुरका प्रबन्ध निर्देशक चुनले नेपालमा टिभी प्यानल निर्माण एकाइ स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीमा रहेको सिजी इन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेको जनाइएको छ । उनले नवलपरासीको देवचुलीमा रहेको श्री शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कुल)को पनि भ्रमण गरेको कम्पनीले जनाएको छ । 

कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीलाई डिजिटल शिक्षा सहायतामार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पुर्‍याइरहेको कम्पनीको दाबी छ । यस संस्थाले हालसम्म चार प्रदेश र नौ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको तथा देशभर विस्तार गर्ने योजना बनाएको जनाइएको छ ।