१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ असोज ६ बिहीबार ११:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा स्थानीय निर्वाचनका ९७८ उम्मेदवारलाई कारबाही हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार ११:११:oo

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा लमजुङमा उम्मेदवार बनेका नाै सय ७८ जनालाई निर्वाचन आयोगले जरिवाना तिराउने भएको छ। निर्वाचनमा उम्मेदवार बनेर पनि कानुनबमोजिम खर्च विवरण नबुझाएका उम्मेदवार कारबाहीको दायरामा परेका हुन्।

स्थानीय तह निर्वाचनमा जिल्लामा एक हजार ४१ जना उम्मेदवार बनेका थिए। प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवं सदस्यसहित ६३ उम्मेदवारले मात्रै निर्धारित समयमा खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक सय सातजनाले निर्वाचन खर्च बुझाएको भए पनि ३९ जनाले निर्धारित समयमै विवरण नबुझाउँदा उनीहरू पनि जरिवानामा परेका हुन्।

आयोगले नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई जनही चार  लाख ५० हजार तथा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारलाई दुई लाख जरिवाना तोकेको छ। त्यसैगरी, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई तीन लाख ५० हजार तथा वडासदस्य र वडाध्यक्षका उम्मेदवारलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

प्रचलित कानुनअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ। निर्वाचन खर्च विवरण नबुझाउने र तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नदिने चेतावनी पनि आयोगले दिएको छ।