निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
२०७९ असोज ६ बिहीबार ०९:२०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

असफलतापछिको सफलताले विश्व हल्लाउने आठ हस्ती

Read Time : > 2 मिनेट
२०७९ असोज ६ बिहीबार ०९:२०:००

हरकोहीको इच्छा हुन्छ, सफल बन्ने । सफलताको क्षेत्र एउटै हुँदैन । हरेकले चाहने सफलतासँगै उसका क्षेत्र पनि फरक–फरक हुन सक्छन् । चाहे विद्यार्थी होस् वा उद्यमी, कलाकार होस् वा राजनीतिज्ञ, सबैले सफलता चाहिरहेकै हुन्छन् । तर, सफलताको लक्ष्य बोकेर हिँड्दै गर्दा असफलता पनि आइलाग्छ, जुन स्वाभाविक पनि हो । 

जब मान्छेले कुनै पनि कुरामा असफलता भोग्छ, निराशाको एउटा मुख्य कारण बनिदिन्छ । त्यसो त भनिन्छ– जो मान्छे अगाडि बढ्ने कोसिस गर्छ, उसका लागि असफलता सफलताको एउटा रूप हो । र, यस्तो असफलता जीवनमा एक न एकचोटि आउँछ, आउँछ । बस्, यसको सामना गर्नका लागि पूर्वतयारी भने हुनैपर्छ । यहाँ तीनै असफल व्यक्ति, जो पछि गएर विश्वकै सफल व्यक्ति बने, उनीहरूबारे चर्चा गर्दै छौँ ।

 जेके रोलिङ
प्रसिद्ध ह्यारी पोर्टर उपन्यासकी लेखिका हुन्, जेके रोलिङ । उनले हार्वर्ड विश्वविद्यालयमा भाषण दिने क्रममा असफलताको महŒव र मूल्यबारे बोल्दै भनेकी थिइन्, ‘म एउटा महाकाव्यकारको रूपमा असफल थिएँ । सानै उमेरमा विवाह भयो । केही समयमै वैवाहिक सम्बन्ध टुट्यो र केही समय बेरोजगार भएँ । बुवाआमासँगै आधुनिक बेलायतका सबैभन्दा गरिब मानिसको सूचीमा सामेल थिएँ । त्यतिवेलासम्म मेरा बुबाआमाको मनमा मेरा बारे जुन डर थियो, जे मैले गरेकी थिएँ, यी दुवै समाप्त भइसकेका थिए । 

म हरेक सामान्यभन्दा सामान्य मानकमा सबभन्दा ठूलो असफल थिएँ भन्ने कुरा जान्दथेँ ।’ रोलिङलाई यही असफलताले सफलताको बाटो देखायो । उनले हार खाइनन्, परिस्थितिको डटेर सामना गरिन् । र लेखनमार्फत विश्वमै आफ्नो नाम चम्काउँदै सफल बनिन् ।

स्टिभ जब्स
स्टिभ जब्सलाई नचिन्ने मान्छे सायदै कोही होला । टेक्नोलोजी क्षेत्रमा विश्वमै क्रान्ति ल्याउने एप्पलको सुरुवात एउटा सामान्य ग्यारेजमा दुईजनाले गरेका थिए । आज त्यही एप्पल कम्पनी २ अर्ब डलरभन्दा बढी नेटवर्थ भएको कम्पनीका रूपमा चिनिन्छ । साथै, उक्त कम्पनीमा ५ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यति ठूलो कम्पनीको जग राख्ने उनलाई कुनै समय आफ्नै कम्पनीबाट निस्कासन गरिएको थियो । त्यतिवेला उनले आफ्नो कामप्रतिको लगाव असफलताभन्दा बढी भएको महसुस दिलाए । नेक्टर पिक्सरजस्ता उपक्रमले अन्ततः जब्सलाई एप्पलमा पुनः सिइओका रूपमा पुनरागमन गरायो । सन् २००५ मा जब्सले एउटा भाषणमा भनेका थिए, ‘यदि तपाईंहरूको जागिर जान्छ भने त्यसलाई लिएर दुःखी नहुनुहोस् । म एप्पलबाट निकालिनु नै मेरा लागि सबभन्दा राम्रो कुरा भयो, जुन जहिल्यै पनि हुन सक्थ्यो ।’

बिल गेट्स
विश्वका सर्वाधिक धनीमध्येका एक हुन्, बिल गेट्स । यिनी हार्वर्ड विश्वविद्यालय ड्रपआउट थिए । करिअरको सुरुवातमा ट्र्याफ–ओ–डेटा नामबाट बिजनेसको स्वामित्व लिए । तर, उक्त बिजनेस पूर्णतया असफल बन्यो । यद्यपि, कम्प्युटर प्रोग्रामिङमा उनको सीप र लगावले असफलतालाई प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टमा बदलिदियो । त्यतिवेला गेट्स ३१ वर्षका थिए । र, विश्वको कम उमेरका डलर अर्बपति बने । ‘सफलताको खुसी मनाउनु ठीक हो । तर, असफलताको पाठमा ध्यान दिन झनै जरुरी हुन्छ,’ उनको भनाइ थियो ।

अल्बर्ट आइन्स्टाइन
आजको समयमा आइन्स्टाइन शब्द रिलेटिभिटी ः द स्पेसल एन्ड द जनरल थिअरीका प्रणेता स्वयं आइन्स्टाइन नौ वर्षसम्म धाराप्रवाह बोल्न सक्दैनथे । उनको विद्रोही स्वभावका कारण शिक्षकले स्कुलबाट निकालिदिएका थिए भने ज्युरिख पोलिटेक्निक स्कुलमा प्रवेश दिन अस्वीकार गरिएको थियो । तर, यी सबै असफलताहरूले उनलाई सन् १९२१ को नोवेल पुरस्कार जित्नबाट रोक्न सकेनन् । 

अब्राहम लिंकन
हामीले अब्राहम लिंकनबारे धेरै पढेका छौँ । उनै लिंकन असफलताको एउटा उदाहरण हुन् । सन् १८३१ मा उनी व्यापारमा असफल भएपछि सन् १८३६ मा नर्भस ब्रेकडाउनबाट पीडित भए । सन् १८५६ मा राष्ट्रपतिको दौडबाट बाहिरिए । तैपनि, लिंकन आफ्नो बाटोमा अडिग रहे । ‘मेरो चिन्ता तपाईं असफल हुनुभयो वा हुनुभएन भन्ने होइन,’ उनले भनेका छन्, ‘चिन्ता यो हो कि के आफ्नो असफलताबाट सन्तुष्ट हुनुहुन्छ ?’ उनै लिंकन सन् १८६१ मा संयुक्त राज्य अमेरिकाका १६औँ राष्ट्रपति चुनिए । राष्ट्रपतिहरूमध्ये सबैभन्दा चर्चित राष्ट्रपतिमध्ये उनको नाम अग्रपंक्तिमा आउँछ । 

माइकल जोर्डन
बास्केटबल खेलाडी माइकल जोर्डनले नाइकी कम्पनीको एउटा विज्ञापनमा भनेका छन्, ‘मैले आफ्नो जीवनमा नौ हजारभन्दा बढी सट, तीन सय बढी खेल गुमाएँ । जीवनमा पटक–पटक असफल भएँ । तर, असफलताभन्दा अघि बढेँ र सफल पनि भएँ । जीवनमा पटक–पटक असफल भएँ । तर, असफलताभन्दा अघि बढेँ र सफल पनि भएँ ।’धेरैलाई लाग्न सक्छ, जोर्डनको बास्केटबल सीप प्राकृतिक थियो । तर, उनका कोचलाई सुरुवाती दिनमा जोर्डन न्यूनतम उचाइमा पनि पुग्न सक्दैनन् भन्ने पीर थियो । तथापि, वर्षौंको प्रयास, अभ्यास र असफलताले उनलाई सफलताको शिखरमा पुर्‍यायो ।

स्टिभन स्पिलबर्ग
स्पिलबर्गलाई अहिलेसम्मकै प्रभावशाली फिल्मनिर्माता मानिन्छ । उनले विश्वस्तरीय सिनेमा दिए । तर, के तपाईंलाई थाहा छ ? उनी हाइस्कुलमा निकै खराब ग्रेडका थिए । यही कारणले उनलाई दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट तीनपटक निष्कासन गरिएको थियो । उनै स्पिलबर्गले चर्चित ५१ फिल्म निर्देशन गरे । यस्तै, तीन ओस्कार सम्मानबाट सम्मानितसमेत भइसकेका छन् । 

वाल्ट डिज्नी
मिकी माउसलाई नचिन्ने कमै होलान्, विश्वमा । यसका निर्माता वाल्ट डिज्नीले सेनामा भर्ती हुने असफल प्रयासमा सानै उमेरमा स्कुल त्यागे । त्यसपछि उनले एउटा लाफ ओ ग्राम स्टुडियो सुरु गरे । त्यो पनि असफल भयो र उनी टाट पल्टिए । फेरि एउटा अखबारमा जागिर खान थाले । त्यहाँबाट पनि उनलाई रचनात्मक काम नभएको भन्दै निकालिए । त्यसपछि डिज्नीले मिहिनेत र भरोसामा उभिएर डिज्नी स्टुडियो सुरु गरे । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । उनले एउटा भाषणमा भनेका छन्, ‘हामी धेरै बेरसम्म पछाडि फर्केर हेरिरहँदैनौँ । अगाडि बढिरहन्छौँ, नयाँ ढोका खुल्दै जान्छन्, नयाँ कुरा गर्छौं । कारण, हामी जिज्ञासु छौँ । यही जिज्ञासाले हामीलाई नयाँ बाटोमा लैजान्छ ।’