१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२७:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२७:oo

मिर्गौलामा जन्मजातै पनि रोग हुन सक्छ । त्यसबाहेक उमेरअनुसार फरक–फरक किसिमका रोग देखा पर्न सक्छ । जन्मजात रोगमा  मिर्गौलाको विकास नभएको, मिर्गौलामा फोका–फोका परेको, पोलिसिस्टिक डिजिज, अन्जनाइटल किड्नी डिजिजलगायत पर्छन् । त्यस्तै, इन्फेक्सनले गर्दा, खानपानले गर्दा मिर्गौलामा समस्या आउन सक्छ ।

मिर्गौलामा समस्या देखिँदा जिउ सुन्निने, पिसाब रातो हुने, रगत देखा पर्ने हुन सक्छ । मिर्गौला बिग्रिएपछि कि मिर्गौला नै फेर्नुपर्ने हुन्छ, कि त बारम्बार डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गौलाविना मानिसको जीवन सम्भव छैन । सामान्यतया मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छ । तर, बच्नका लागि भने एउटै मिर्गौला काफी हुन्छ । ट्रान्सप्लान्ट गरेको एउटै मिर्गौलाले पनि राम्रो काम गरिरहेको हुन्छ । मिर्गौला मानिसको महŒवपूर्ण अंग भएकाले यसबारे विशेष ध्यान दिन आवश्यक छ । 

मिर्गाैला फेल हुने मुख्य कारण
नियमित स्वास्थ्य जाँच नगराउने, तनाव, नुनको बढी प्रयोग, मदिरापान, चिल्लो, मसालेदार, औषधिको जथाभावी प्रयोगले मिर्गौला फेलको समस्या हुन सक्छ  अलिकति शरीर दुख्दा पनि पेनकिलरको प्रयोग गर्ने प्रचलन बढ्दो छ । जसले मिर्गौला फेलको सम्भावना प्रबल हुन्छ । मिर्गौला फेलबाट बच्न नियमित व्यायामको पनि महत्वपूर्ण भूमिका हुन्छ । मिर्गौलाको पत्थरी, क्यान्सरलगायतका समस्याले मिर्गौला बिगार्न सक्छ । 

समस्या देखिएपछिका लक्षण 

  • एक्कासि पेट दुख्ने । 
  • कहिलेकाहीँ पिसाबमा रगत देखिने । 
  • पिसाबको जाँच गर्दा सानो–सानो स्टोन (ढुंगा) को कण देखिने ।
  • आँखावरिपरि सुन्निने, मुख नै सुन्निने, खुट्टा सुन्निने र पछि शरीर पूरै सुन्निएर आउने । 
  • मिर्गौला भएको दायाँ–बायाँ स्टोन (ढुंगा) रहँदा धेरै दुख्ने । 
  • खाना रुचि नहुने ।
  • बान्ता भइरहने । 
  • बेसुर कुरा गर्ने । 
  • ओठमुख सुक्खा हुने । 

बच्ने उपाय

  • मिर्गौलाका प्रायः समस्या पानीकै कमीका कारण हुने गर्छ । त्यसैले पानी प्रशस्त पिउनुपर्छ । 
  • फाइबरयुक्त खाना बढी र नुन कम प्रयोग गर्नुपर्छ । फलफूलको प्रयोगलाई पनि बढाउन जरुरी हुन्छ ।
  • वर्षमा एकपटक मिर्गौलाको परीक्षण  गरिराख्नुपर्छ । 
  • भोक नलाग्ने, खुट्टा सुन्निएको छ, कोखा दुखिरहेको छ भने चिकित्सकसँग सम्पर्क गर्ने । चिकित्सकले भनेअनुसार गर्ने । 
  • खानपिनमा ध्यान दिने । हाई प्रोटिनयुक्त खानाले किड्नीलाई लोड पर्छ, यस्ता खानेकुरा नखाने । फ्राई खानेकुरा जस्तै– सेकुवा, तन्दुरीलगायतका खाना धेरै नखाने । 
  • उमेरअनुसारको व्यायाम गर्ने । 
  • जथाभावी औषधिको प्रयोग नगर्ने । 
  • धूम्रपान, मद्यपान नगर्ने । 
  • चिकित्सकको सल्लाहमा स्क्रिनिङ टेस्ट गर्ने । थप समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि उपचार गर्ने । 
  •  मिर्गौलामा पत्थरीको समस्या छ भने पालुंगो, चम्सुरजस्ता सागको प्रयोग गर्नुहुँदैन । क्याल्सियमयुक्त खाना बढी प्रयोग गर्नुहुँदैन ।