मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०६:२७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कपनको ट्रेकिङ अफिसमा आगलागी, तीनको मृत्यु

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०६:२७:००

काठमाडौंको कपन राममन्दिरनजिकै टंक गुरुङको घरमा रहेको एक ट्रेकिङ अफिसमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेन्चरको कार्यालयमा आगलागी भएको हो । बुधबार राति अबेरसम्म मृतकहरूको पहिचान खुलेको छैन । 

उक्त ट्रेकिङ कम्पनीमा ताप्लेजुङका युवा कार्यरत थिए । उनीहरू कम्पनीकै कार्यालयमा बस्दै आएका थिए । उनीहरू नै घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘कपनस्थित टंक गुरुङको घरमा आगलागी भएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने, ‘घटनास्थलमा तीनजना मृत भेटिएका छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।’ 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएका छन् । आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल पनि परिचालन गरिएको थियो । 

 ललितपुरमा कबाडी गोदाममा आगलागी, तीन घाइते
बुधबारै ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा तीनजना घाइते भएका छन् । दिउँसो भएको आगलागीमा चितवनका ३० वर्षीय गणेश गुरुङ तथा भारतीय नागरिक ६४ वर्षीय नारायण पोदार र ४० वर्षीय रामआशिष साह घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । गोदाममा बिजुलीको तार सर्ट भएर आगलागी भएको परिसरका एसएसपी यज्ञविनोद अधिकारीले बताए ।