१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
भवानीश्वर गौतम काठमाडाैं
Invalid date format o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कक्षा ११ मा भर्नाका आधार खारेज : एसइईपछि जुनसुकै विषय पनि पढ्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१३:oo

एसइईमा कम्तीमा जिपिए १.६ ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा प्रवेश पाउने भएका छन् । यसअघि भर्नाका आधार तोकेर प्रवेश परीक्षाकै लागि अयोग्य बनाइने गरेकोमा अब भने कुनै पनि विद्यार्थीमाथि अवरोध नहुने भएको हो । अहिले भर्ना हुन बाँकी रहेका तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)पछि न्यूनतम डी अर्थात् ३५ अंक ल्याएका सबै विद्यार्थीले साइन्सलगायत सबै विषय अध्ययनका लागि प्रवेश परीक्षा दिन सक्छन् । यसबाट धेरै विद्यार्थीले लाभ पाउने अपेक्षा गरिएको छ । 

पाठ्यक्रम विकास परिषद्का महानिर्देशक वैकुण्ठ अर्यालले रुचि र क्षमता भएका विद्यार्थीलाई प्रवेश परीक्षा दिनबाटै रोक्ने यसअघिका निर्णय सच्याएर सबैलाई खुला गरिएको बताए । शिक्षामन्त्रीको अध्यक्षतामा हुने शिक्षा विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा भर्नाको आधार नतोक्ने निर्णय गरेको उनको भनाइ छ । महानिर्देशक अर्यालले भने, ‘अहिले पनि भर्ना हुन बाँकी रहेकाको हकमा यो लागू हुन्छ, यस वर्षदेखिको एसइईमा जिपिए १.६ ल्याएका र ननग्रेडिङमा नपरेका विद्यार्थीले जुनसुकै विषय अध्ययनका लागि पनि माथिल्लो कक्षामा प्रवेश परीक्षा दिन सक्छन् ।

खासगरी साइन्सका विषय अध्ययनका लागि भर्नाका आधार तोकिएका थिए । यसअघि परिषद्ले भौतिक विज्ञान, रसायन, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम ग्रेड पोइन्ट (जिपिए) १.६ प्राप्त गरी कक्षा १० मा पढेका अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था थियो । यी विषयबाहेक अन्य विषय अध्ययन गर्न औसत जिपिए १.६ प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । 

सरकारले यसअघि भर्नाको आधार तोकेर नेपाली बोर्डको कोर्स अध्ययन गर्न नदिए पनि सयौँ विद्यार्थी भारतको सिबिएसई, ए–लेभल तथा अन्य बोर्डमा साइन्स पढेर नेपाल फर्केका थिए । विदेशी बोर्डका कार्यक्रममा सफल भएका विद्यार्थी नेपालमै उच्च शिक्षा अध्ययन गरिरहेका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले मंगलबार शिक्षाको सोचपत्र– २०७९ सार्वजनिक गर्नेक्रममा समेत क्षमता भएका विद्यार्थीलाई प्रवेश परीक्षा दिनबाट रोक्ने पहिलेको नीति परिवर्तन भएको बताएका थिए । मन्त्री पौडेलले कुनै कारणले एसइईमा सन्तोषजनक नतिजा नभएका विद्यार्थीले पनि माथिल्लो तहमा राम्रो गर्न सक्ने भएकाले अवसरबाट वञ्चित नगरेको बताए । 

विदेशी बोर्डबाट उत्तीर्ण विद्यार्थीले पनि समकक्षता पाउने
नेपालमा विज्ञान समूहका विषय पढ्नका लागि तय गरेको भर्नाको आधारअनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर एसइईपछि विदेशी बोर्डबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिने भएको छ । पाठ्यक्रम विकास परिषद्को आइतबार बसेको बैठकले विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए–लेभल तथा अन्यत्रका कोर्स अध्ययन गरेका थिए । 

नेपालबाट एसइई दिएपछि विदेशी बोर्डबाट कक्षा ११ र १२ मा विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विश्वविद्यालयमा स्नातक पढ्दै गरेका विद्यार्थीले समकक्षता नपाएर सास्ती पाएका थिए । एसइईपछि नेपालमा विज्ञान समूहका विषय पढ्न तय गरेको भर्नाको आधारअनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए–लेभल तथा अन्यत्र पढेका विद्यार्थीले समकक्षता नपाएर सास्ती भोगेका हुन् । उनीहरू स्नातक तहमा भर्ना भए पनि कक्षा १२ सरहको मान्यता नपाउँदा समस्यामा परेका थिए । ०७२ देखि लेटर ग्रेडिङ प्रणाली सुरु भएपछि ०७४ सालसम्मका विद्यार्थीको समस्या केन्द्रमा आएको छ ।