१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १३:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कवाडी ग्यारेजमा आगलागी, केही व्यक्ति घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १३:५२:००

ललितपुरको धोबीघाटस्थित बच्चा साहको कवाडी ग्यारेजमा केहीबेरअघि आगलागी भएको छ । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले ललितपुर, काठमाडौं र भक्तपुरका दमकलबाट आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । 

ललितपुरका दुईवटा दमकलले आगो निभाउने प्रयास सफल नभएपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको उनले बताए । आगलागीको कारण तथा घटनाको विस्तृत विवरण अझै खुल्न सकेको छैन ।