मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
लोसपा नेता डा. सुरेन्द्रकुमार झा । तस्बिर : झाकाे फेसबुक
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको कदमलाई चुनावी एजेन्डा बनाउँछौँ : डा. झा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १२:०१:००

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता डा. सुरेन्द्रकुमार झाले राष्ट्रपतिको कदमलाई चुनावी एजेन्डा बनाउने बताएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

‘अब गठबन्धनका दलहरूको कित्ता क्लियर हुन्छ,’ उनले भने, ‘हामी आन्दोलन गर्छौँ, यसलाई चुनावी एजेन्डा बनाउँछौँ ।’ डा. झाले देशभित्रका नागरिकलाई अनागरिक बनाउने अत्याचार राष्ट्रपतिबाट भएको आरोप पनि लगाए । नागरिकता विधेयक प्रमाणीकरण नगरेर देशभित्र रहेका नागरिकलाई अनागरिक बनाउने कुरा कानुनी र मानवीय अत्याचार भएको उनको भनाइ छ ।

उनले सरकारवादी दलहरूले अब के गर्छन् भनेर पनि जनताले हेरिरहेको भन्दै राष्ट्रपतिका बारेमा सत्तागठबन्धनका दलहरूको निर्णय कस्तो आउँछ, त्यहीअनुसार आफूहरू जनताबीच जाने पनि बताए ।