एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुने बताएका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन भने ओहोदाको दुरुपयोग हुन्छ,’ खनालले भने, ‘‘संविधानभन्दा माथि कोही पनि छैन । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै ऐन, कानुनअनुसार चल्नुपर्छ ।’
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरे ।