१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १ मंगलबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापका दुई वडामा निःशुल्क स्वास्थ्य बिमासँगै खुत्रुके अभियान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o८:oo

रामेछाप नगरपालिकाको वडा नम्बर ७ र ८ ले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमसँगै खुत्रुके अभियान सञ्चालनमा ल्याएका छन्।

वडाभित्र रहेका सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रामेछाप नगरपालिकाका यी दुई वडाले वडामा आएको बजेटबाट सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेका हुन्। जसमध्ये वडा नम्बर ८ ले भने स्वास्थ्य बिमासँगै ‘एक घर एक खुत्रुके’ अभियानसमेत सञ्चालनमा ल्याएको छ।

सोमबार रामेछाप नगरपालिका– ८ सल्लेमा एक औपचारिक कार्यक्रम आयोजना गरी अभियान सुरु गरिएको हो। रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने र उपप्रमुख बालाकुमारी कार्कीले संयुक्त रूपमा नागरिकलाई परिचयपत्र र खुत्रुके हस्तान्तरण गरेर बिमा र खुत्रुके कार्यक्रमको उद्घाटन गरेका थिए ।

रामेछाप नगरपालिका– ८ का ७ सय घरपरिवारलाई एकैपटक स्वास्थ्य बिमा कार्यक्रममा जोड्न लागिएको वडाध्यक्ष सन्तोष तामाङले जानकारी दिए। उनले भने, ‘वडाका सबै नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच पुगोस् भन्ने उद्देश्यले चालू आर्थिक वर्षमा रामेछाप नगरपालिकाले वडालाई प्रदान गरेको बजेटबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो।’ अर्को वर्षबाट वडाले स्वास्थ्य बिमा कार्यक्रममा खर्च नगर्ने भएकाले नागरिकले दैनिक बचत गर्न सिकून् भन्ने उद्देश्यले ‘एक घर एक खुत्रुके’ अभियान पनि निःशुल्क रूपमा वितरण गरिएको अध्यक्ष तामाङले बताए।

यसैगरी रामेछाप नगरपालिका– ७ का नाे सय २७ घरधुरीलाई पनि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सामेल गरिएको छ। यसअघि वडा कार्यालयको बजेटबाट ‘एक घर एक हिलटेक ट्यांकी’ वितरण गरेको रामेछाप नगरपालिका– ७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले जानकारी दिए।

ad
ad