Skip This
कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Monday, 10 August, 2026
२o७९ असोज ४ मंगलबार ११:o९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार ११:o९:oo

अछामका गजलकार कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन गरिएको छ। खुडी सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित शब्द हो जसको अर्थ पिँजडा भन्ने हुन्छ।

खुडी संघर्षको दोस्रो गजलकृति हो। संग्रहभित्र अछामी भाषाका केही गजल पनि समावेश छन्। पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत (संयुक्त गजलसंग्रह)– २०७० र सडक (एकल गजलसंग्रह)– २०७३ प्रकाशित छन्। 

प्रज्ञाप्रतिष्ठानमा आयोजित विमोचन समारोहमा आख्यानकार अमर न्यौपाने, गजलकारहरू करुण थापा, शीतल कादम्बिनी, गजल अध्येता डा. दीपककुमार खड्का र समालोचक भरत रोदनले खुडीमाथि समीक्षात्मक टिप्पणी गरेका थिए। विमोचनका अवसरमा संघर्षले खुडीभित्रका केही गजल सुनाएर समारोहलाई रंगीन बनाएका थिए।

अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता २०७१ मा प्रथम हुनुका साथै संघर्षले जोगमाया चापागाईं राष्ट्रिय पुरस्कार २०७४ र मिर्मिरे सम्मान २०६९ समेत प्राप्त गरेका थिए।