१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका र अफगानिस्तानबीच बन्दी आदानप्रदान : तालिबान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

अमेरिका र तालिबानले कैदी आदानप्रदान पूरा गरेका छन् । अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी सैनिक मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा अमेरिकामा १७ वर्षदेखि कैदमा राखिएका लडाकु एवं तालिबान सहयोगी बसर नुरजाईसँग साटासाट गरिएको बताएका छन् । 

‘आज, मार्क फ्रेरिचस अमेरिकालाई सुम्पियो र हाजी बसरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो,’ मुत्ताकीले काबुलमा पत्रकारहरूसँगको कुराकानीमा भनेका छन् । आदानप्रदान लामो वार्तापछि सम्पन्न गरिएको मुत्ताकीले बताएका छन् । फ्रेरिचस अफगानिस्तामा निर्माण परियोजनामा सिभिल इन्जिनियरको रूपमा काम गरिरहेको वेला अपहरणमा परेका थिए ।

तलिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार एएफपीलाई नुरजाई तालिबानको कुनै आधिकारिक पदमा नरहे पनि उनले सन् १९९० को दशकमा कट्टरपन्थी इस्लामवादी आन्दोलनलाई हतियारसहित बलियो समर्थन प्रदान गरेको जानकारी दिएका थिए ।