१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेकाे बन्दसूचीमा सबै नयाँ अनुहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:५२:oo

नेकपा एमालेले समानुपातिकतर्फका उम्मेद्वारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। 

उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमाल, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोलीले आयोगमा पुगेर समानुपातिक उम्मेद्वारहरूको बन्दसूची बुझाएको हो। 

प्रतिनिधिसभाका १ सय १० र प्रदेश सभाका २ सय २० जना सांसदको सूचीमा यसअघि समानुपातिक कोटामा सांसद नभएका व्यक्तिहरू मात्र समेटिएका छन्। 

‘हामीले प्रतिनिधिसभा र सातवटै प्रदेश सभाको पूर्ण सूची बुझाएका छौँ,’ विभागका उपप्रमुख नीरज आचार्यले नयाँ पत्रिकासँग भने, ‘यसपटकको बन्दसूचीमा सबै नयाँ अनुहारहरूलाई समेटेका छौँ।’

एमालेले बुझाएको बन्दसूचीमा प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० जनामा ५७ जना नयाँ महिला अनुहार छन्। जुन ५२ प्रतिशत हुन्छ। 

त्यस्तै, प्रदेश सभातर्फको २ सय २० मा १ सय १९ जना महिला छन्। जसअनुसार सूचीमा ५४ प्रतिशत नयाँ महिला अनुहार समेटिएका छन्। स्थानीय तहको निर्वाचन जितेका, उम्मेद्वार बनेर पराजित भएका, राष्ट्रिय सभा सांसद रहेका कसैलाई पनि एमालेले उम्मेद्वार बनाएको छैन।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेद्वारहरूको नामावली टुंगो लगाएको थियो।
 

ad
ad