मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदीपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

असारको सुरुवातमै पहिरोले सडक बगाएपछि लमजुङको बेँसीसहर नगरपालिका- १ उदीपुर सडकखण्डको मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि उदीपुर–रिठ्ठेबगर, मध्यमर्स्याङ्दी बाँध हुँदै बेँसीसहर आउने सडकलाई प्रयोगमा ल्याइएको छ ।

तीन महिना बित्दासमेत सरोकारवाला निकायको पहल नगर्दा स्थानीय आक्रोशित बनेका थिए । तीन महिनापछि पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम विनियोजन गरेको छ । सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत उदीपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ ।

सडक डिभिजन कार्यालयले सडक निर्माण कार्य गरिरहेको छ, तर उदीपुर पहिरोले थुनिएको सडक निर्माण कहिले हुने भन्ने कुरा अनिश्चित रहेको अवस्थामा तत्काल उक्त पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले रकम छुट्याएको हो । 

लमजुङबाट निर्वाचित सांसद देवप्रसाद गुरुङको विशेष पहलमा भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको गुरुङका स्वकीय सचिव कमल खड्काले बताए । उदीपुरमा पहिरोले सडक भत्किएपछि यात्रुसँगै व्यवसायीहरूले निकै सास्ती पाएका छन् ।

वैकल्पिक दुईवटा सडक प्रयोगमा आए पनि निरन्तर वर्षात् र जीर्ण सडकका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ । पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेँसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ ।

उदीपुरमा गत वर्ष नै पहिरोले सडक बगाएको हो । भौगोलिक विकटता र बिग्रँदो सडकका कारण डुम्रे–बेँसीसहर हुँदै मनाङको चामेसम्म पुग्ने सडकमा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । वर्षौँदेखि बिजोगसँग बिग्रिएको सडकले दुईपांग्रे तथा ठूला सवारीलाई निकै समस्या भएको छ ।