मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस् : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचनको वेला सत्तापक्षबाट लतारिएर नचल्न आयोगलाई सजग गराए।

उनले निर्वाचनलाई प्रभावित हुने गरी आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि कार्य नगर्न सरकारलाई समेत चेतावनी दिए। स्थानीय तहको निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गर्दै उनले त्यस्ता काम लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षाविपरीत हुने बताए।

‘निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु कि निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्। आफ्नो स्वतन्त्र हैसियत, स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस्, उनले भने, 'सरकारलाई म भन्न चाहन्छु, अब उप्रान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो। र, सरकारको काम निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने हो। त्यसकारण हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मनासिब हुँदैन, पाउँदेन,’ ओलीले भने।