१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महाअभियोग सिफारिस समितिको बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:४८:oo

महाअभियोग सिफारिस समितिको बैठक सुरु भएकाे छ । बिहान ८:३० मा सुरु  हुने भनिएको बैठक झण्डै एक घण्टा ढिलो गरि सुरु भएको छ ।  

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने  बिहान ८:३० भन्दा केही मिनेट अघि नै आइपुगेका थिए । सांसदहरु आइपुग्न ढिलो भएकाले बैठक केही समय ढिलो गरि सुरु भएको हो ।

आजकाे बैठकमा जबरालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने छ ।  एक सय ७४ पृष्ठ लामो बयानको टिपोटमा जबराले शुक्रबार ६५ पृष्ठ रुजु गर्दै हस्ताक्षर गरेका छन् ।

अझै एक सय नौ पृष्ठ बयान रुजु गर्न बाँकी छ । शनिबार बयान रुजुसँगै प्रतिप्रश्न सकेर प्रतिवेदनको निष्कर्ष, निर्णय र सुझाव खण्ड तयार पारिनेछ । 

 

ad
ad