१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले ओरालो लागेर एक हजार नौ सय १०.३८ मा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२३ अंकले ओरालो लागेर तीन सय ७१.९० मा सीमित भएको छ। कुल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता सेयर रु. ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद–बिक्री भए।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको सेयर मूल्य ०.०१ अंकले उकालो लागेको छ। यस्तै, बैंकिङ ६.८७, व्यापार ६.०२, होटेल तथा पर्यटन १९.३, विकास बैंक ४४.०१, जलविद्युत् २५.२४, वित्त २२.४१, निर्जीवन बिमा २७.३५, उत्पादन ५५.८९, अन्य ४.०६, लघुवित्त ४३.८६, जीवन बिमा २२.२६ र लगानी ०.७६ अंकले ओरालो लाग्यो।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु. २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाख ८५ हजारबराबर रहेको छ। कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको रु. चार करोड २३ लाख ३२ हजार ६ सय ७७ बराबरको कारोबार भयो।

यस्तै, हिमालयन डिस्टिलरी रु. तीन करोड दुई लाख दुई हजार दुई सय ६८, नबिल बैंक रु. तीन करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु. दुई करोड ८४ लाख ६९ हजार चार सय ८१ र अपी पावर कम्पनी रु. दुई करोड ७५ लाख ७५ हजार चार सय दुईबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । रासस