मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन्। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका हुन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वविद्यालय खोल्ने प्रस्ताव राखेकाे उल्लेख गर्दै देउवाले आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि योजना बनाएको बताए। कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको वेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको भन्दै उनले यसले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरे।

‘हाम्रो मन्त्रीज्यूले मलाई खेलकुद युनिभर्सिटी खोल्नुपर्छ भन्नुभएको छ। हामी छिट्टै नै खेलकुद विश्वविद्यालय खोल्न लाग्नेछौँ। अहिले कोभिडलगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तर, पनि सुरुवात गर्ने हाम्रो सोचाइ छ। सुरुवात गर्नेछाैँ,’ देउवाले भने।

सरकारले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ।