१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रासस मनिला
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भियतनाममा एक लाख २० हजारभन्दा बढी भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
रासस, मनिला
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

भियतनामले यस वर्ष मात्र भ्रष्टाचारका एक लाख २० हजारभन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ। भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियानअन्तर्गत यस वर्ष मात्र ती मुद्दाहरूमाथि अनुसन्धान थालिएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ।

भियतनामको समाचार समितिका अनुसार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाको अनुसन्धान थालेको छ। सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारबाहीलाई अभियानका रूपमा अघि सारेको छ। सोहीबमोजिम सो निकायले काम सुरु गरेको र यस वर्ष मात्र यी मुद्धामाथि अनुसन्धान र कारबाही थालिएको बताइएको छ।

यहाँ भ्रष्टाचारजन्य क्रियाकलापमा निकै बढोत्तरी भएको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो। यस वर्ष यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ। यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारबाही हुनुका साथै ठूलो रकम राजस्वका रूपमा प्राप्त हुने बताइएको छ।