Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ भदौ ३१ शुक्रबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा आगलागी, तीन लाखभन्दा बढीको क्षति 

Read Time : < 1 मिनेट
२०७९ भदौ ३१ शुक्रबार ०८:४८:००

पूर्वी नवलपरासीको गैँडाकोटमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार गैँडाकोट नगरपालिका– ५ निवासी शालिकराम घिमिरेको तीनतले पक्की घरमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । 

आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । बिहीबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको र आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।