१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेडपान्डाले बच्चा जन्माउने र हुर्काउने वेला, सामुदायिक वनमा पस्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

रेडपान्डाको पोथीले बच्चा जन्माउने र हुर्काउने वेला साउन, भदौ र असोज हो। पहाडी तथा हिमाली जिल्लाका लेकाली क्षेत्रहरूमा पाइने यो दुर्लभ वन्यजन्तुको आहार मालिङ्गोको टुसा हो। मालिङ्गोको टुसा पलाउने र मुना आउने वेलामा रेडपान्डाले बच्चा जन्माउने तथा हुर्काउने गर्दछ। 

यो दुर्लभ जनावरले शान्ति चाहन्छ र शान्त ठाउँमा बस्ने गर्दछ। होहल्लामा रेडपान्डा विचलित हुन्छ र प्रजननमा समस्या आउँछ भन्ने अनुसन्धानबाट देखिएको छ। मानव जातिको आसपासमा नै बस्न रुचाउने भए पनि प्रजननको वेला समस्या हुने डरले ताप्लेजुङका केही सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा पाइने क्षेत्रका जंगल प्रवेशमा रोक लगाएका छन् । 

साउनदेखि असोजसम्म जंगलमा पस्न र घाँस दाउरासमेत संकलन गर्न नपाउने गरी रोक लगाएको हो। यो जनावरले होहल्ला भएमा बच्चा नहुर्काई छाडेर हिँड्ने भएकाले वनले प्रवेशमा रोक लगाएकाे हो। 

जिल्लाका पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक उपभोक्ता समितिले जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष निमाकृपा शेर्पाका अनुसार रेडपान्डाले उसका बच्चा हुर्काओस् भनेर वनभित्र पस्न रोक लगाएको बताए। जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ र त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ। यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन्। त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ। 

रेडपान्डाले सामान्यतया १ सय ३५ दिनको गर्भधारणपछि बच्चा जन्माउने गर्दछ। पुसदेखि फागुनसम्म गर्भधारण गर्छ । गर्भधारण गरिसकेपछि ठूलो रूखको प्वाल खोजेर बच्चा जन्माउने र हुर्काउने गरेको संयोजक राईले बताए।