१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनप्रतिनिधिहरूले साइबर क्राइमलाई आकर्षित हुने गरी सामाजिक सञ्जालको दुरुपयोग गरे : सांसद बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १४:५१:००

नेकपा एमालेका सांसद महेश बस्नेतले केही जनप्रतिनिधिले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कार्यकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्वहरू रहेको दाबी गरे ।

उनले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न आग्रह गरे । सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरूको उचित क्षतिपूर्ति दिनुपर्ने माग राखे ।

उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए। उनले नागरिकता विधेयक अब वर्तमान संसद्को अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताए ।