१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo

राष्ट्रिय सभाले दुईवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बिमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’  लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेस गरेका थिए।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भोलि (बिहीबार) अपराह्न २ बजेर ५९ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

ad
ad