१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष  डा. केदारनरसिंह केसीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३३:oo

डा. गोविन्द केसीले धनगढीबाट २०औँ अनशन सुरु गर्नुभएको छ । उहाँ बारम्बार अनशन बस्न किन बाध्य भइरहनुभएको छ ? 
नेपालको स्वास्थ्य क्षेत्रका हरेक पाटोमा बेथिति छ । डा. गोविन्द केसी व्यक्ति मात्र नभई नेपाल चिकित्सक संघको नेतृत्व हुनुहुन्छ । सरकारले डा. केसीको मागबारे पटक–पटक सम्झौता गर्दै आएको छ, तर सम्बोधनमा पूर्णतया बेवास्ता गरिरहेको छ । स्वास्थ्य शिक्षा पनि महँगो, स्वास्थ्य सेवा पनि गरिब जनताको पहुँचमा छैन । नेपालको समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि गरिएका माग अक्षरशः पालना होऊन् भन्ने ध्येयले डा. केसी पटक–पटक अनशन बस्न बाध्य भइरहनुभएको छ । 

१९ पटकसम्म सहमति गरेको सरकारले डा. केसीका माग सम्बोधन नगर्नुको कारण के होला ?
सरकारका लागि आमरण अनशन मात्रै समस्या हो । अनशन बसेर गरिएका माग समस्या नै होइनन् । सम्झौताको मसी सुक्न नपाउँदै सरकारी पक्षले डा. केसीका माग बिर्सिसकेको हुन्छ । 

माग पूरा गराउन आमरण अनशन नै अन्तिम विकल्प हो त ?
कुनै पनि आमरण अनशन आन्दोलनको अन्तिम विकल्प हो । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सहज हुनुपर्छ भन्नका लागि आमरण अनशन बस्नुपर्ने स्थिति आउनु नै दुर्भाग्यपूर्ण छ । स्वास्थ्य क्षेत्रको हितका लागि आत्मदाह गर्न तयार हुनु सानो विषय होइन । 

ad
ad