Skip This
नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

नेपाल सरकारले पाकिस्तानका बाढीपीडितका लागि खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य घरायसी सामग्रीसहितको मानवीय राहत सामग्री पाकिस्तानलाई मंगलबार हस्तान्तरण गरेको छ। नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट करिब २२ टन राहत सामग्री पाकिस्तानको कराँची लगेर हस्तान्तरण गरिएको हो। 

परराष्ट्र मन्त्रालयका वरिष्ठतम सहसचिव तथा पाकिस्तानका लागि पूर्वराजदूत सेवा लम्सालले कराँचीमा आयोजित समारोहमा सिन्ध प्रान्तीय सरकारका सामाजिक कल्याणमन्त्री साजिद जोखियोलाई राहत सामग्री हस्तान्तरण गरे। समारोहमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, परराष्ट्र मन्त्रालयकी उपसचिव शिवानी बस्नेतलगायत सहभागी थिए। कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका तर्फबाट राहत सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पाकिस्तान सरकारको तर्फबाट सिन्धका मन्त्री साजिदले  पाकिस्तानमा बाढीबाट प्रभावित जनतालाई मानवीय सहयोग उपलब्ध गराएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे। नेपालले पठाएको राहत सामग्रीले संकटको घडीमा पीडित जनतालाई राहत, उद्धार र पुनर्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाल सरकारले विनाशकारी बाढीबाट नराम्ररी प्रभावित पाकिस्तान सरकार र जनताप्रति नेपालको सद्भावनास्वरूप पाकिस्तानमा मानवीय राहत सहयोग पठाएको थियो।