
सोमबार काठमाडौं आएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुको भेटघाटलाई मध्यनजर गरी मंगलबार काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।
बिहान पौने ९ बजेको आसपासमा रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डाेल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । त्यस्तै, साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटेल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
त्यस्तै, दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपन्डाेल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।