मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ।

सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक जानकारी गराएका हुन्। सहमतिअनुसार नेकपा (संयुक्त) पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेछ।

अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल गर्दै अघि बढ्ने योजनाअनुसार नेकपा (संयुक्त)सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरूले स्वीकार गरेर जाने बताए।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरूले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताए। दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूको नामावली तय गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।