१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जथाभावी पेनकिलरकाे प्रयोगले स्वास्थ्यमा पर्न सक्छ यस्ता असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४o:oo

हेल्थ टिप्स

कतिपयले सामान्य दुखाइ हुनासाथ पेनकिलर लिन थाल्छन् र यसकै लत बस्छ । तर, पेनकिलरको जथाभावी प्रयोग घातक छ ।

डा. सुशील ढुंगेल सर्जन किस्ट मेडिकल कलेज

मानिसलाई चोटपटक लाग्दा, टाउको दुख्दा, पेट दुख्दा वा शरीरका अन्य कुनै पनि अंगमा दुखाइ हुँदा सहन गाह्रो हुन्छ । त्यसबाट छुटकारा पाउनका लागि पेनकिलरको प्रयोग गरिन्छ । कतिपयले सामान्य दुखाइ हुनासाथ पेनकिलर लिन थाल्छन् र यसकै लत बस्छ । तर, जथाभावी प्रयोग घातक छ । यसले अन्य स्वास्थ्य जटिलता पनि निम्त्याउन सक्छ । 

पेनकिलरका साइड इफेक्ट धेरै छन् । त्यसैले हतारिएर पेनकिलर लिनुहुँदैन । हामी टाउको दुख्यो भन्छौँ । टाउको धेरै कारणले दुख्ने गर्छ, माइग्रेनले पनि दुख्छ, आँखा कमजोरी हुँदा पनि दुख्छ, पिनासले पनि दुख्छ, स्ट्रेसले पनि दुख्छ ।

कतिपयले टाउको दुख्नासाथ पेनकिलर खान्छन् र तत्कालै ठीक पनि हुन्छ । त्यसपछि उनीहरू वास्तविक समस्या पहिचान गर्न लाग्दैनन् । पेनकिलरले क्षणिक राहत दिए पनि भित्रभित्रै समस्या बढ्दै गइरहेको हुन सक्छ ।

अर्कोतर्फ, औषधिको जथाभावी प्रयोगले थप असर पनि पुर्‍याउन सक्छ । पेनकिलर धेरै थरीका छन् । कस्तो दुखाइमा कुन औषधि खाने, कति मात्रामा खाने भनेर चिकित्सकसँग परामर्श गर्न जरुरी छ । 

यी समस्या आउँछन्  
- आन्द्रामा असर गर्छ । 
- लिभर बिगार्छ । 
- कोडिन पेनकिलरले लत बसाल्छ । एकपटक यस्तो पेनकिलर प्रयोग गर्नेले फेरि–फेरि प्रयोग गर्छन् र बिस्तारै आदत नै बस्छ । 
- फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो । यसको अत्यधिक सेवन गर्दा मस्तिष्कमा असर गर्छ । 
- तपाईंले जुनसुकै औषधि लिँदा पनि त्यो तपाईंको रगतमा मिसिन्छ र फेरि किड्नीबाट फिल्टर भएपछि शरीरबाट निस्कन्छ । यस प्रक्रियामा पेनकिलरले किड्नीसम्म गइरहेको रगतको बहावलाई प्रभावित गर्न पनि सक्छ । जसकारण, एलर्जिक रिएक्सन हुन सक्छ वा किड्नी बिग्रन पनि सक्छ । 
- पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ । ओपिओडजस्ता पेनकिलरको प्रयोग लामो समयसम्म गर्दा डिप्रेसन हुन सक्ने विभिन्न अध्यननले देखाएका छन् । 

यस्तो सावधानी अपनाऔँ
- धेरै खालका पेनकिलर लिँदा शरीरको धेरै क्षेत्रमा असर पुर्‍याउन सक्छ । औषधिअनुसारको साइड इफेक्ट गर्छ । 
- जथाभावी औषधि पसलमा गएर रोगको निदान नगरी आफूखुसी औषधि खरिद नगर्ने । दुखाइ भएमा डाक्टरलाई देखाउने । 
- यदि पेनकिलर लिएपछि तपाईंको पेटमा दुखाइ सुरु भयो भने तत्कालै यसको प्रयोग बन्द गर्ने र डाक्टरलाई देखाउने । 
- यदि तपाईंको हृदयमा समस्या छ भने झुक्किएर पनि विशेषज्ञ डाक्टरको सल्लाह नलिई पेनकिलर नखानुस् ।  ब्लडप्रेसर, मधुमेह र किड्नीका बिरामीले पनि यस्तै गर्न जरुरी छ । दुखाइ भएको छ भने चिकित्सकसँग सम्पर्क राख्नुस् । 
- गर्भवती महिलाले डाक्टरलाई नसोधी पेनकिलर सेवन गर्नुहुँदैन । पेनकिलरको सेवनले गर्भपतन हुने खतरा रहन्छ ।
- कुन रोगमा कुन मात्रा खाने, कसरी खाने, के–के खाने भनेर डाक्टरले सल्लाह दिएका हुन्छन् । त्यही सल्लाहअनुसार पेनकिलरको प्रयोग गर्नुपर्छ ।

ad
ad