१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न आयोगले दियो दुई दिनको समय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:४१:oo

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले दुई दिनको समय दिएको छ।

आयोगले एक सूचना जारी गर्दै असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकेको हो। बन्दसूची पेस गर्दा सम्बन्धित कानुनी व्यवस्थाबमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्तबमोजिम प्रतिनिधित्व गराउन आयोगले सचेत गराएको छ।

४ देखि ९ गतेसम्म उक्त बन्दसूचीमाथि छानबिन गरी आयोगले आवश्यक परे सच्याउन दलहरूलाई सूचित गर्नेछ। सोबमोजिम बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले जनाएको छ।

 

ad
ad