Skip This
वीर अस्पतालको फार्मेसी  दुई महिनादेखि बन्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालको फार्मेसी  दुई महिनादेखि बन्द

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१२:oo

सेवाग्राही निजी फार्मेसीमा जान बाध्य, एक साताभित्रै खुल्ने अस्पतालको भनाइ

वीर अस्पतालले पाँच महिनाअघि सञ्चालनमा ल्याएको फार्मेसी बन्द भएको छ । अस्पतालको नयाँ सर्जिकल भवनमा रहेको उक्त फार्मेसी दुई महिनाअघि नै बन्द भएको हो । 

अस्पतालकै फार्मेसी बन्द भएपछि बिरामीहरू औषधि किन्न अस्पतालबाहिर जानुपर्ने भएको छ । वीर अस्पतालमा हाल बन्द अवस्थामा रहेकोसहित गरी चारवटा फार्मेसी छन् । अस्पतालको पुरानो भवनमा क्यान्सरसम्बन्धी औषधिको फार्मेसी, मुख्य भवनमा दुईवटा र नयाँ भवनमा सबैखाले औषधि पाइने एउटा फार्मेसी थियो । नयाँ भवनको फार्मेसी भने बन्द भएको हो । 

कर्मचारीले काम छाडेकाले फार्मेसी ठप्प छ : भूपेन्द्र बस्नेत, निर्देशक, वीर अस्पताल
पुराना कर्मचारीले काम छाडेपछि फार्मेसी सेवा ठप्प छ । हाल सञ्चालनमा रहेका फार्मेसीमा पनि भिडभाड हुन्छ । हामीकहाँ फार्मेसीमा काम गर्ने कर्मचारीकै संख्या कमी थियो, त्यसैले एउटा फार्मेसी बन्द गर्नुपरेको छ ।

अस्पतालको फार्मेसीमा औषधिमा सहुलियत
वीर अस्पताल प्रशासनका अनुसार अस्पतालका फार्मेसीमा करिब दुई हजार प्रकारका औषधि पाइन्छ । ती फार्मेसीले निजीले भन्दा सहुलियतमा समेत औषधि उपलब्ध गराउँछन् । अस्पतालभित्रको फार्मेसीमा २ देखि ८ प्रतिशतसम्म छुट दिइन्छ । तर, २७ असारदेखि फार्मेसी बन्द हुँदा सेवाग्राही अस्पतालबाहिरका फार्मेसीमा जान थालेका छन् । 

सर्जिकल भवनको भुइँतलामा हाल बन्द अवस्थामा रहेको फार्मेसीमा सर्जिकलसम्बन्धी सबैभन्दा बढी औषधि पाइन्छ । तर, उक्त फार्मेसी बन्द हुँदा औषधि किन्न अस्पतालबाहिरको फार्मेसीमा धाउनुपरेको बिरामीको गुनासो छ । ‘छोराको खुट्टाको अपरेसनका लागि औषधि किन्नुपर्ने थियो, तर अस्पतालभित्रको फार्मेसी बन्द रहेछ,’ धादिङ नीलकण्ठबाट आएका बलराम अधिकारीले भने, ‘निजीमा औषधि किन्दा निकै महँगो पर्‍यो ।’ 

अस्पतालभित्रैका अन्य फार्मेसीमा पनि सबैखाले औषधि पाइँदैन । सेवाग्राहीको संख्या धेरै र फार्मेसी कम हुँदा भिड हुन्छ । जसका कारण औषधि किन्न घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ ।

कर्मचारी कम भएर बन्द गर्नुपर्‍यो : अस्पताल प्रशासन
अस्पताल प्रशासनले भने हाल बन्द अवस्थामा रहेको फार्मेसी एक साताभित्रै सञ्चालनमा आउने जनाएको छ । अस्पतालले फार्मेसीका लागि नयाँ कर्मचारी राख्न २५ भदौमा लिखित परीक्षासमेत गराएको छ । 

अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले एक साताभित्र कर्मचारी राखेर बन्द अवस्थामा रहेको फार्मेसी सञ्चालनमा ल्याउने बताए । उनका अनुसार फार्मेसीमा नयाँ कर्मचारीका लागि एक सय ७३ जनाले लिखित जाँच दिएका छन् । यसमध्येबाट १० जना कर्मचारी छनोट गरिनेछ । ‘पुराना कर्मचारीले काम छाडेपछि फार्मेसी सेवा ठप्प छ, हाल सञ्चालनमा रहेका फार्मेसीमा पनि भिडभाड हुन्छ,’ उनले भने, ‘हामीकहाँ फार्मेसीमा काम गर्ने कर्मचारीकै संख्या कमी थियो, त्यसैले एउटा फार्मेसी बन्द गर्नुपरेको छ ।’ अब नयाँ कर्मचारी छनोट प्रक्रिया केही दिनमा सकिने उनले बताए ।

करारका कर्मचारी थिए, जागिर छाडे : फार्मेसी प्रमुख
अस्पतालका फार्मेसी विभाग प्रमुख श्यामु मण्डलले कर्मचारी नभएका कारण अस्पतालभित्रको फार्मेसी बन्द गर्नुपरेको जानकारी दिए । उनका अनुसार दुई महिनाअघि फार्मेसीमा काम गर्ने पाँचजना करारका कर्मचारीले जागिर छाडेका थिए । ‘हामीकहाँ चारवटा फार्मेसीमध्ये एउटाचाहिँ बन्द गर्नुपरेको छ,’ सर्भरमा समस्या आउँदा अन्य फार्मेसीमा पनि पेइङ फाराम समिट गर्दा ह्याङ भइरहन्छ,’ उनले भने, ‘सर्भर ह्याङ भएपछि कहिलेकाहीँ अन्य फार्मेसीमा बिलको काम रोकिन्छ ।’ 

उनका अनुसार हाल बन्द अवस्थामा रहेको फार्मेसीका लागि पाँचजना स्टाफ चाहिन्छ । अस्पतालका अन्य तीनवटा फार्मेसीमा १३ जना कर्मचारी छन् । तर, यी कर्मचारी पनि कम भएको भन्दै वीरले १० जना कर्मचारी थप गर्न लागेको हो ।