Skip This
प्रदेश निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालय परिसरबाट ५ जना पक्राउ        
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालय परिसरबाट ५ जना पक्राउ        

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश निजामती सेवा ऐन ल्याउने तयारी गरेपछि स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन्। स्थानीय तहमा समायोजित भएका निजामती कर्मचारीहरूलाई प्रस्तावित गण्डकी प्रदेश निजामती सेवा ऐनमा वृत्तिपथ सुनिश्चितताका लागि उनीहरू आन्दोलित भएका हुन्। 

आन्दोलित कर्मचारीहरूले यसअघि २६ साउनमा गण्डकीका मुख्यमन्त्रीलाई ज्ञापन-पत्र बुझाउँदै  ऐनमा स्थानीय तहका कर्मचारीलाई समेत प्रदेशमा प्रतिस्पर्धासँगै बढुवा हुन पाउने गरी व्यवस्था गर्न माग गरेका थिए। ऐनको विपक्षमा रहेका कर्मचारीहरूले आइतबार मुख्यमन्त्री कार्यालय परिसरमा कालो ब्यानर, प्लेकार्डसहित धर्ना एवं नाराबाजी गरेका थिए। निषेधित क्षेत्रमा नाराबाजी र कालो ब्यानरसहित प्रदर्शन गरेको भन्दै प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो।