मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेलायतकी महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाउने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराए। सरकारले स्व. महारानीको सम्मानमा तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आदि झुकाउने निर्णय गरेको छ।

प्रवक्ता कार्कीका अनुसार उक्त सूचना नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशित गर्ने निर्णय भएको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।