१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o६:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

क्यारिकेचर गर्नुअघि कमेडियनको यस्तो तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o६:oo

क्यारिकेचर सार्वजनिक विषयमा गरिने हास्यव्यंग्यको प्रस्तुति हो । अलग–अलग मानिसका हाउभाउ र आवाज नक्कल गरेर दर्शकलाई हँसाउने यो विधा लामो समयदेखि चर्चामा छ । पछिल्लो समय विभिन्न स्ट्यान्डअप कमेडी सो र रियालिटी सोमा कमेडियनहरूले गरेका क्यारिकेचर चर्चामा छन् । सामाजिक सञ्जालमा पनि क्यारिकेचरका भिडियो भाइरल भइरहेका छन् । एकातर्फ, स्वस्थ व्यंग्यका लागि कतिपय कलाकारले ताली पाइरहेका छन् । अर्कोतर्फ, क्यारिकेचर गर्दा विभिन्न समुदाय वा व्यक्तिमाथि आघात पुुर्‍याएको भन्दै कतिले गाली खाइरहेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गोकुल बाँस्कोटा, नरेन्द्र मोदी, भ्लादिमिर पुटिन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायतको ‘क्यारिकेचर’ गरिसकेका मनोज गजुरेल क्यारिकेचर गर्नका लागि बोली, हाउभाउ र विषयवस्तु मिल्न आवश्यक रहेको बताउँछन् । ‘समाजमा चर्चामा रहेका पात्रका विषयमा क्यारिकेचर गर्ने गर्छुु । क्यारिकेचरमा सुहाउँदो पात्र देखिएन भने मेकअप आर्टिस्टको सहयोग लिने गरेको छु,’ उनले भने । 

अर्का चर्चित कमेडियन राजा राजेन्द्र पोखरेल आमचासोका विषयमा व्यंग्य गर्ने गरेको बताउँछन् । ‘मैले समयको माग र समाजको चासो भएका पात्र र त्यस पात्रको विषेशतालाई झल्काउने कोसिस गर्छु,’ उनले भने, ‘क्यारिकेचर गर्न समय र परिवेशलाई मध्यनजर गरेर पात्रको छनोट गर्नु आवश्यक हुन्छ । त्यसपछि 

घन्टौँसम्म मिहिनेत गर्नुपर्ने हुन्छ ।’ क्यारिकेचर गर्नका लागि विषयवस्तुप्रतिको ज्ञान र प्रस्तुतिको तरिका मिल्दोजुल्दो हुनुपर्ने उनले बताए । ‘क्यारिकेचर गर्नका लागि गहिरो अध्ययन आवश्यक पर्छ । मेरो हकमा पनि पात्रको हाउभाउसँगै प्रस्तुतिमा पनि तारताम्य मिलाउने निरन्तर अभ्यास गर्छु,’ उनले भने । केही समयअघि बालेन शाहको क्यारिकेचर गरेका पोखरेलले अहिले धरानका मेयर हर्क साम्पाङको क्यारिकेचर गर्ने तयारी गरिरहेको बताए । 

सुमन कार्की अर्का चर्चित कमेडियन हुन् । कुनै पात्रको पृष्ठभूमि बुझेपछि मात्रै ‘क्यारिकेचरको तयारी गर्ने गरेको उनले बताए । ‘क्यारिकेचर गर्ने पात्रको हाउभाउ, बोल्ने शब्द, शैली र लुक्सलाई फलो गर्छु,’ उनले भने, ‘मैले क्यारिकेचर गर्ने पात्रले बोल्ने महŒवपूर्ण कुराहरू डायरीमा नोट गर्छु । उहाँले बोलेको भिडियोलाई धेरैपटक हेर्छु । अनि त्यही आवाजमा अभ्यास गर्दै जान्छु ।’ 

‘क्यारिकेचरको कुनै समयसीमा हुँदैन । मेरो पेसा नै हास्यव्यंग्य भएकोले साथीहरूसँग गफ गर्दागर्दै पनि गरिन्छ,’ उनले भने,‘ जब आफूले सोचेको पात्रको समयसन्दर्भ मिल्छ, त्यसपछि त्यो पात्रका लागि  मिहिनेत गर्न थाल्छु । कतिपय पात्रसँगको क्यारिकेचर प्रयास गर्दागर्दै हाउभाउ नमिल्दा छोडेको पनि छु ।’

‘रामचन्द्र पौडेलको क्यारिकेचर गर्दा घाँटी दुख्छ’
कमेडी च्याम्पियनका दोस्रो सिजनका विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाह र गोकुल बाँस्कोटाको क्यारिकेचर गर्दै धेरैलाई हँसाए । उनी संख्यात्मकभन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताउँछन् । ‘मैले क्यारिकेचर गर्दा मासलाई यो क्यारिकेचर मन पर्छ भन्ने अड्कल काटेर गर्छु । सम्बन्धित व्यक्तिको  अन्तर्वार्ता र  भाषण गरेको भिडियो निरन्तर हेर्छु,’ उनले भने, ‘पारस शाहको क्यारिकेचर गर्न निकै धेरै अभ्यास गरेको छु । उहाँको हाउभाउ र शैली पछ्याउन निकै समय लाग्यो ।’ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको क्यारिकेचर गर्न निकै कठिन रहेको उनले बताए । ‘धेरै लामो समयसम्म उहाँको क्यारिकेचर गर्‍यो भने घाँटी नै दुख्छ,’ उनले भने, ‘बजारमा बिक्ने कुरालाई आधार बनाएर क्यारिकेचर गर्छु ।’ 

कमेडियन सुमन कोइराला पनि आफूले पहिले पात्र निर्माण गरेर त्यसैमा भिज्नका लागि मिहिनेत गर्ने गरेको बताउँछन् । ‘गाउँघरमा मानिसहरू देखिएको हुन्छ । चर्चित मानिसलाई नियालिएको हुन्छ, त्यसैलाई पात्र बनाएर थप मिहिनेत गर्ने गर्छु,’ उनले भने ।