१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
वर्षापछि हिलाम्मे भएको पृथ्वी राजमार्ग
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जीर्ण बन्दै राजधानी जोड्ने ठूला राजमार्ग, जोखिमपूर्ण यात्रामा यात्रु

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५७:oo

सडकको बीच भागमै ठूला खाल्डाखुल्डी, कतै खेतको डिलजस्तो उडुल्को। कतै हिलाम्मे त कतै सडकै नदेखिने धुलाम्मे। सडककै कारण दुर्घटनामा धेरैले ज्यान गुमाइसके। हरेक यात्रामा घण्टौँ जाममा पर्नुपर्ने बाध्यता व्याख्या गरी साध्य छैन। जीर्ण बन्दै गरेका पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको अवस्था हो यो। यहाँ हुँदै यात्रा गर्ने यात्रुहरू भन्छन्, ‘गन्तव्यमा पुग्न युद्ध लडेसरी संघर्ष गर्नुपर्छ।’

धादिङका राजेश रम्तेल काठमाडौंमा जागिरे छन्। उनी शुक्रबार घर आएर आइतबार राजधानी फर्किन्छन्। तर, राजमार्गका जीर्ण सडकले गन्तव्यमा पुग्ने टुंगाे नभएको उनको गुनासो छ। ‘गत साता मात्रै मेरैअगाडि एउटा मोटरसाइकल पृथ्वी राजमार्गको बीच सडकको खाल्टोमा पर्याे। हिलोमा चिप्लेर गर्ल्याम्मै ढल्यो। भाग्यले उनको ज्यान गएन,’ उनले भने, ‘सम्झिँदा पनि जिउ ढक्क फुलेर आउँछ। सडककै कारण राजमार्गको यात्रामा पाइला पाइलामा जोखिम छ।’

गत आइतबार पनि उनी हिलोले भिजेर काठमाडौं पुगेको बताउँछन्। बर्खाको समय पानी परेपछि राजमार्गका विभिन्न सडक खण्ड भल र हिलोले भरिन्छ। उनले भने, ‘घाम लाग्यो धुलाम्मे हुन्छ, पानी पर्याे हिलाम्मे। पानी परेपछि मोटरसाइकल र साना सवारीसाधनका यात्रुलाई काठमाडौं छिचोल्न ठूलै युद्ध लडेसरह संघर्ष गर्नुपर्छ।’

त्रिभुवन राजपथमा परेका खाल्डाखुल्डी
त्रिभुवन राजपथमा परेका खाल्डाखुल्डी

 

पोखराका कृष्ण श्रेष्ठ त्रिभुवन राजपथस्थित सुरुङमार्गनजिकै जाममा भेटिए। जाममा फसेका उनी काठमाडौं पुग्ने हतारोमा देखिन्थे। बिग्रेको सडक र ट्राफिक जामले आजित बनेका उनले सरकार बेकामे भएको भन्दै आक्रोश व्यक्त गरे। ‘तीन तहको सरकार छ, तर छ भन्ने आभाष जनताले गर्न पाएका छैनन्। सडकहरू भत्किएर बिजोग छ। देशकै मुख्य राजमार्गहरूको खाल्डाखुल्डी पुर्न सकेको छैन। सडककै कारण नागरिकले ज्यान गुमाइरहेका छन्। तर, सरकार बेकामे भएको छ,’ उनले भने।

श्रेष्ठ दुई दशकदेखि ड्राइभिङ पेसामा छन्। गोरेटो, कच्ची सडक, ग्राबेल हुँदै पिच तथा ढलान गरेर सडक निर्माण गरिए। नागरिकले सेवा त पाएका छन्। तर, बिग्रेका सडक बेलैमा मर्मत नगर्दा चालक र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनले भने, ‘जीर्ण बनेका सडकहरू मर्मत भएका छैनन्। सुरुङमार्ग कहिले बनिसक्ने हो पत्तो छैन। बाटो चौडा बनाउने कुरा नेताहरूको बोलीमै सीमित भयो। वैकल्पिक बाटाहरू बन्दै छन् भनेको पनि एकादेशको कथाजस्तै बन्यो।’

गोर्खाकी श्रीया गुरुङलाई राजधानी सहर जाने काम पर्र्याे भने टाउको दुख्छ। अत्यास लाग्दो बाटोले पिरोल्ने गरेको उनी बताउँछन्। ‘जागिरै फिल्डको छ, नजाउँ पनि भएन।  काठमाडौं गइराख्नुपर्छ। तर, राजमार्गको बाटो मुुटु छाम्नुपर्ने छ। बिग्रेको सडकमा पिङ खेले जसरी यात्रा गर्नुपर्छ,’ उनले भनिन्।

दुर्घटनाको मुख्य कारण सडक पनि : प्रहरी निरीक्षक उप्रेती
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ खण्डमा आर्थिक वर्ष २०७८/०७९ मा २७४ वटा सवारी दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाए। १८३ जना गम्भीर र ४७७ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीले बताए।

उनले भने, ‘यो आर्थिक वर्षमा साउनदेखि भदौको २० गतेसम्म २८ वटा सवारी दुर्घटनामा परी सातजनाले ज्यान गुमाइसके। सातजना गम्भीर र ३४ जना सामान्य घाइते भएका छन्।’ पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक १३ हजार भन्दा बढी सवारी काठमाडौं ओहोरदोहोर गर्ने गरेका छन्।

त्यसको तुलनामा दुर्घटना पनि उत्तिकै भइरहेका उप्रेतीले बताए। ‘मुख्यतः सडक, मानवीय, यान्त्रिक र प्राकृतिक चार कारणले दुर्घटना हुने गरेको छ। जसमध्ये सडक पनि एउटा प्रमुख कारण हो। सडक सञ्जालका खाल्डाखुल्डी पुर्ने, घुम्ती सडक र साँघुरो सडक विस्तार गर्नेजस्ता काम गर्न सके मात्रै पनि दुर्घटना न्यूनीकरण हुन्छ,’ उनले भने।

दसैँ,  तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गर्दा खराब स्थितिमा रहेका सडकका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। प्रहरी निरीक्षक उप्रेतीले भने, ‘मर्मत कार्यका लागि हामीले पनि पहल गरिरहेका छौँ। केही ठाउँहरूमा भएका पनि छन्। धेरै ठाउँका सडक मर्मत हुन बाँकी छ।’

सडक मर्मतसँगै नयाँ पिचमा प्राथमिकता : आयोजना प्रमुख कार्की
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका सडक सञ्जालहरूमा नियमित मर्मत कार्य भइरहेको नागढुंगा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए। ‘यी दुई राजमार्गमा यात्रा गर्न सकस र जोखिम नै छ,’ उनले भने ‘जति मर्मत गर्यो उति बिग्रन्छ। म आफैँलाई पनि चित्त बुझेको छैन। नौबिसे–नागढुंगा सडक खण्ड पहिलेदेखि नै बिग्रेको हो। बर्षातका कारण अहिले झन् समस्या छ।’ साउनको पहिलो सातादेखि नियमित मर्मत गरिरहेको उल्लेख गर्दै उनले चाडपर्वअघि फेरि मर्मत गर्ने बताए।

सडक मर्मत मात्र नभई नयाँ पिचको कार्य पनि छिट्टै सुरु हुने कार्कीले बताए। त्यसको ठेक्का खुलिसकेको जानकारी दिँदै उनले नौबिसे–नागढुंगा दुई वर्षमा र पृथ्वी राजमार्गको धादिङ खण्ड तीन वर्षभित्रमा पिच सम्पन्न हुने बताए।

वैकल्पिक मार्ग धार्के–ठूलोखोला–सीतापाइला पनि पूरा भएन
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विकल्प मानिएको धार्के–ठूलोखोला–सीतापाइला सडकखण्ड निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। ०४४ सालमा नयाँ ट्रयाक खोलिएको यो सडकखण्ड अहिले पिच तथा बाटो विस्तारको काम भइरहेको छ। दुई वर्षमा सडक निर्माण भइसक्ने सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणि रिमाल बताउँछन्।

‘यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–ठूलोखोला–महेशफाँट–बट्टार हुँदै धार्केमा जोडिन्छ,’ उनले भने, ‘सडक निर्माण तथा कालोपत्रे गर्न भीमेश्वर-सगुन कन्स्ट्रक्सन कम्पनीसँग एक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।’ रिमालका अनुसार अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटर यात्रा गर्नुपर्छ भने दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक पनि कुल २४ किलोमिटर मात्रै रहेको छ। यो वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि यात्रुले सास्ती भोग्नु नपर्ने अपेक्षा गरिएको छ।

ad
ad