मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २४ शुक्रबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट साइकल चढेर आएका युवासँग भेटियो घरेलु हतियार र लागूऔषध

Read Time : < 1 मिनेट
२०७९ भदौ २४ शुक्रबार २०:०७:००

भारतबाट साइकल चढेर आउँदै गरेका एक युवकलाई प्रहरीले चेक जाँचको क्रममा घरेलु हतियार र लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका १७ कमलास्थित बाँधबाट प्रहरीले कल्याणपुर नगरपालिका २ चतरीका १९ वर्षीय सुमन कुमार मण्डललाई बिहीबार अपरान्ह पक्राउ गरिएको हो। 

मण्डलको साथबाट प्रहरीले एक/एक थान फलामको तरवार र फर्सा, पेस्तोलको जस्तो आकार देखिने एक थान लाइटर गन, छ थान फाइटर, एक थान साइकल, २६ वटा नाइट्राभेट ट्याब्लेट, तीन एम्पुल डाइजेल्याव र एक थान सिरिञ्ज बरामद भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथेकीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बढुथोकीका अनुसार घरेलु हतियार र लागूऔषधसहित पक्राउ गरिएका मण्डललाई सिराहा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको छ।