Skip This
वीरगञ्जका निवर्तमान वडाध्यक्षलाई ३ महिना जेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २४ शुक्रबार २o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगञ्जका निवर्तमान वडाध्यक्षलाई ३ महिना जेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार २o:oo:oo

विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिकाका निवर्तमान वडाध्यक्षलाई सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका दुई जनालाई भने जरिवाना सुनाइएको हो। 

न्यायाधीशत्रय रमेश कुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो। विशेष अदालत स्रोतका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ का निवर्तमान वडाध्यक्ष श्यामबाबु प्रसाद चौरसियालाई १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय सुनाइएको हो। 

यसैगरी जग्गा बिक्री गर्ने जहराती मियाँ धुनियाँलाई ८० हजार रुपैयाँभन्दा बढी र जग्गा खरिदकर्ता ग्यान्ती देवीलाई ९० हजार रुपैयाँभन्दा बढी जरिवाना भराउने फैसला भएको छ। वीरगञ्जका निवर्तमान वडाध्यक्ष चौरसियाले आफ्नो वडामा पर्ने धुनियाको जग्गा न्यून मूल्यांकन गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप अख्तियारको थियो। जग्गा विक्रेता धुनिया र खरिदकर्ता ग्यान्ती देवीलाई पनि प्रतिवादी बनाएको थियो।

चौरसियाले प्रतिकठ्ठा ६० लाख पर्ने जग्गालाई जग्गाको थैली रकम कम राखेको अख्तियारको अनुसन्धानले देखाएको हो । ११ धुर जग्गाको खरिद विक्रिका क्रममा थैली रकम कम राख्दा सरकारलाई रजिष्ट्रेसन वापत झन्डै ९५ हजार र पुँजीगत लाभकर बापत साढे ८२ हजार रुपैयाँ नोक्सान भएको देखिएको थियो । 

जसपछि अख्तियारले राजस्वमा हानी पुर्‍याउने, गैरकानूनी लाभ लिएको, गलत लिखत तयार गरेरसमेत भ्रष्टाचारजन्य कसूर गरेको भन्दै ९ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो । जसमाथि बिहीबार आंशिक ठहर हुनेगरी फैसला आएको हो ।