Skip This
सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ भदौ २४ शुक्रबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १३:४५:oo

सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण हुने भएको छ। बाँकेको जानकी गाउँपालिका– ३ नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले सिकलसेल थारू समुदायको मात्र समस्या नभएको बताए। सिकलसेल अधिकांश थारू समुदायमा देखिए पनि यो अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको प्रस्ट पारे। सिकलसेल अस्पताललाई मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रूपमा विकास गरिनुपर्नेमा उनको जोड छ। ‘अहिले थारू समुदायमा मात्र सिकलसेल देखिएको छ । सिकलिङ गर्ने हो भने अन्य समुदायमा पनि देखिन सक्छ,’ उनले भने, ‘यो अस्पताललाई सिकलसेलको उपचार गर्ने अस्पतालको रूपमा मात्र विकास गर्न हुँदैन। सिकलसेलका बिरामीलाई विशेष सेवा दिए पनि अन्य रोगको पनि उपचार गर्ने थलोको रूपमा विकास गर्न जरुरी छ।’

उनले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले थारू समुदायका लागि सिकलसेल अस्पताल महत्वपूर्ण भएको बताउँदै यसको दायित्व सरकारले लिनुपर्ने बताए। 

थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष एवं सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जीवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका बिरामीको उपचार गर्दै आए पनि उचित व्यवस्थापन नहुँदा बिरामीले दुःख पाएको बताए। उनका अनुसार पश्चिम नेपालका करिब एक लाख थारूलाई सिकलसेल छ। उक्त अस्पताल १० कट्ठा जमिनमा निर्माण हुनेछ।