१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:४२:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन्। शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न काममा ध्यान दिनुपर्ने धारणा राखे।

नारालाई काममा रूपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए। नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी गरे। समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने उनको भनाइ छ।

नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोषअन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो।

ad
ad